कोरोनाको तेस्रो लहरसम्बन्धी तयारी गर्न सरकारको निर्देशन
मेरोन्यूज
२०७८ साउन २९ गते १७:५८

काठमाडौँ । सरकारले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमितबाट बच्न थप तयारी गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले कोरोना उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज सूचीकृत गरी काम अगाडि बढाउन निर्देशन दिएको हो ।
मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै पूर्व तयारी गर्न सिडिओहरूलाई निर्देशन दिएको हो । यसअघिको अवस्थामा सञ्चालन भएका अस्पतालहरू हाल स्थगन गरिएको हुँदा सम्भावित जोखिमलाई मध्यनजर गर्दै हाल अस्पताललाई सूचीकृत गर्नु पर्ने आवश्यक देखिएको मन्त्रालयले जनाएको छ ।
यस्तै, सूचीकृत अस्पतालमा रहेका संक्रमितको तथ्यांक तथा विवरण दैनिक रुपमा अद्यावधिक गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

सम्बन्धित










एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने सरकारकाे निर्णय
जेनजी सुशासन योद्धा : भट्ट परिवारको सहारा, कान्छो ढल्यो…
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
एनपिएलः रोहित बने ह्याट्रिक गर्ने दोस्रो बलर
प्रतिक्रिया