अन्तरिक्ष चित्रकलाका विजयीलाई टेलिस्कोपसहित पुरस्कार

काठमाडौं । विश्व अन्तरिक्ष सप्ताहका अवसरमा आयोजना गरिएको राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताका विजयी विद्यार्थीलाई टेलिस्कोपसहित पुरस्कार प्रदान गरिएको छ ।
नेपाल एष्ट्रोनोमिकल सोसाइटीले सन् २०१९ मा आयोजना गरेको ‘चन्द्रमा ताराहरुको द्वार’ विषयक चित्रकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल क्याम्पियन स्कुल लगनखेलकी सुएन भट्टराईले टेलिस्कोप प्राप्त गरेकी छन् ।
प्रतियोगितामा द्वितीय द सेलिब्रेसन कोएड स्कुल, जोरपाटीका अमन बस्नेतले प्रमाणपत्र एवं पदक तथा पञ्चकन्या माध्यमिक विद्यालय छाउनीकी सरिता रम्तेलले प्रमाणपत्र र उपहार प्राप्त गरेको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।
त्यसैगरी सन् २०२० मा ‘भूउपग्रहले जीवन सहज बनाउँछ’ विषयमा सञ्चालित चौथो राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगितामा प्रथम किड्स लर्निङ् स्कुल, कुमारीस्थानकी रिना चौधरीले टेलिस्कोप, पदक एवं प्रमाणपत्र तथा द्वितीय हुन सफल बूढानीलकण्ठ स्कुल, बूढानीलकण्ठकी नीति पछाइले प्रमाणपत्र एवं पदक प्राप्त गरेकी छन् ।
सन् २०२० मा सञ्चालित राष्ट्रिय अनलाइन अन्तरिक्ष वक्तृत्वकलाका विजयी ट्रिनिटी कलेज डिल्लीबजारका रोहन भट्टराईले नगद पाँच हजार, पदक तथा प्रमाणपत्र प्राप्त गरेका छन् । पुरस्कार वितरण कार्यक्रममा उपस्थित हुन असमर्थ विजेताले कार्यालयमा सम्पर्क गरी पुरस्कार लिन सक्ने सोसाइटीले जनाएको छ ।
राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताको लागि टेलिस्कोप प्रायोजन गर्ने मेक इञ्जिनियरिङका अर्केत महर्जनले यस्ता प्रतियोगिताले विद्यार्थीको प्रतिभालाई उजागर गर्न टेवा पुग्ने बताए ।
सोसाइटीले सन् २०२१ को लागि यी दुई प्रतियोगिताको आवेदन छिट्टै माग गर्न लागेको जनाएको छ । यस वर्ष ‘अन्तरिक्ष विज्ञानमा महिलाको भूमिका’ विषयमा कार्यक्रम गरिने जानकारी दिइएको छ ।
सन् १९९९ मा संयुक्त राष्ट्रसंघले घोषणा गरेसँगै सन् २००० देखि विश्वव्यापी रुपमा अक्टोबर ४ देखि १० वा सेरोफेरोमा मनाउन थालिएको विश्व अन्तरिक्ष सप्ताह सोसाइटीले स्थापनाकाल सन् २००७ देखि हरेक वर्ष विभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रियस्तरमा मनाउँदै आएको छ ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया