आइतबार, माघ ६, २०८१

माओवादीको केन्द्रीय कमिटी बैठक आज सुरु हुँदै

राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि छलफल हुने

मेरोन्यूज २०७८ साउन ३० गते ७:४१

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज सुरु हुँदै छ । काठमाडौंको पेरिसडाँडास्थित पार्टी कार्यालयमा विहान ११ बजे बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक र सांगठनिक प्रतिवेदन पेश गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

Advertisement

मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी अध्यक्ष दाहालले प्रस्ताव तय गरेको माओवादी केन्द्रले जनाएको छ ।

यसअघि हिजो बसेको स्थायी किमिटी बैठकमा अध्यक्षले दुबै प्रतिेवदन पेश गर्ने निर्णय भएको थियो ।

प्रतिक्रिया