के हो ‘फ्याटी लिभर’ ? यसरी वच्न सकिन्छ

काठमाडौं । जिब्रोको स्वादका लागि धेरै मसला र चिल्लो खानेकुरा खाने तर, व्यायाम नगर्ने बानी छ ? यदि यस्तो बानी छ भने सजग हुनुहोस् । अस्वस्थ जीवन शैलीका कारण पछिल्लो समय फ्याटी लिभरको समस्या बढ्न थालेको छ ।
कोरोना भाइरस संक्रमण दर बढेसँगै प्रायः सबै घरभित्र नै बस्छन् । घर बस्दा अस्वाभाविक रुपमा हामीले बढी खाने कुरा खान्छौँ । तर, शारीरिक व्यायम गर्न भुल्छौँ । जसले गर्दा फ्याटी लिभरको समस्या बढ्न पुग्दछ । कलेजोमा आवश्यकभन्दा बढी फ्याट (बोसो) हुनलाई नै फ्याटी लिभर भनिन्छ ।
कलेजोमा ५ प्रतिशतभन्दा बढी बोसो छ भने फ्याटी लिभर भएको मानिन्छ । फ्याटी लिभरको मात्रा हेरेर सोहीअनुरूप उपचार गरिन्छ । मोटोपना र पेटमा बोसो जमेका व्यक्तिमा यो समस्या हुने गर्छ । यसको ठ्याकै तथ्यांक छैन । तर, अस्पतालमा आएका विरामी हेर्दा फ्याटी लिभरको समस्या बढेको देखिएको छ ।
यो समस्या ग्रामीण क्षेत्रभन्दा शहरमा बढी हुन्छ । जहाँँ बढी जंकफुड खाने गर्छन् । यो समस्या जुनसुकै उमेर समुहका देखिए पनि ४० वर्ष नाघेका व्यक्तिमा बढी देखिएको छ ।
चिल्लो, रातो मासु बढी खाने व्यक्तिमा पनि यो समस्या देखिने गर्छ । यो समस्या सुरुको अवस्थामा थाहा भए शारीरिक व्यायम गरी चिल्लो कम खाएर नियन्त्रणमा राख्न सकिन्छ । तर, यो बढ्दै गएर फ्याटी लिभरबाट फाइब्रोसिस र सिरोसिस हुने जोखिम हुन्छ ।
सिरोसिस भएपछि क्यान्सरसमेत हुन सक्छ । पेटमा पानी भरिन्छ । पानीको संक्रमण हुने वा कलजो फेलरको समस्या देखिन्छ । घरबाहिरको खानामा फ्याटको मात्रा धेरै हुन्छ । त्यही फ्याट कलेजोमा जम्न पुग्छ ।
पहिला पहिला बढी मद्यपान गर्नेमा यो समस्या बढी देखिन्थ्यो । तर, अहिले मोटापनको समस्या भएकामा समस्या बढी देखिन्छ । मोटापनको समस्या विश्वव्यापी बनेको छ । जसले गर्दा सबैले तौल नियन्त्रण गर्न आवश्यक छ ।
यदि, यो समस्या देखिएको समयमा थाहा भए फ्याटी लिभर भएको अवस्थामा औषधि सेवन गर्न सकिन्छ । अर्को फ्याटी लिभरको समस्या समाधान गर्ने सबैभन्दा सजिलो उपाय नियमित व्यायाम नै हो ।
रोकथाम
चिल्लो पदार्थको खाना कम खाने ।
जंकफुड कम खाने ।
नियमित शारीरिक व्यायम गर्ने ।
तौल नियन्त्रणमा राख्ने ।
फलफूल तथा सागसब्जी नियमित खाने ।
(ग्रान्डी अस्पतालका वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा. कश्यपसँग गरिएको कुराकानीमा आधारित)










हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्षकाे जेल सजाय
५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रतिक्रिया