कांग्रेस महाधिवेशन : निर्वाचन आयोगमा मंसिर ३० मा दर्ता भएकाले असर नगर्ने

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन पुनः सरेको छ । कांग्रेसको १४ औँ महाधिवेशन सारेको छैटौँपटक हो ।
सरेको मितिअनुसार कांग्रेसको महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म हुने भएको छ । शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति सार्ने निर्णय गरेको हो ।
पार्टीका केन्द्रीय सदस्य कल्याण गुरुङका अनुसार कांग्रेस २०७३ मंसिर ३० निर्वाचन आयोगमा दर्ता भएकाले महाधिवेशनको नयाँ तालिकाले असर नगर्ने बताए । उनले भने, “नेपाली कांग्रेसको पाँच वर्ष मंसिर ३० मात्र पुग्छ ।”
उनका अनुसार संविधानको धारा २७० र २७२ ले दल खारेज गर्ने वा प्रतिबन्ध लगाउन नमिल्ने उल्लेख रहेछ । संविधानको धारा २६९ को उपधारा ४ (ख)मा ५ वर्ष ६ महिनाभित्र महाधिवेशन गर्नु पर्ने प्रावधान रहेको छ ।
क्रियाशील विवाद मिलाउन सिटौला, लेखक र रिजाल
क्रियाशील सदस्यतासम्बन्धी विवादको टुंगो लगाउन विशेष कार्यदल बनेको छ । उक्त कार्य दलमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखकलाई जिम्मा दिइएको छ ।
लेखक यसअघि क्रियाशील सदस्यता छानविन समितिमा संयोजक थिए । यसैगरी, सिटौला र रिजालले क्रियाशील विवाद समाधानका लागि शीर्ष तहमा काम गरेका थिए ।
उनीहरु भदौँ २ गतेभित्र क्रियाशील विवाद समाधान गरेर ३ गते पार्टी सभापतिलाई बुझाउनु पर्ने केन्द्रीय सदस्य गुरुङले जानकारी दिए ।
यसैगरी निर्वाचन निर्देशिकाको जिम्मेवारी मिनेन्द्र रिजाल र प्रकाशशरण महतले पाएका छन् । उनीहरूले आगामी १ गतेभित्र निर्देशिकाको काम सम्पन्न गरेर २ गते पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउनु पर्ने छ ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रतिक्रिया