कांग्रेस महाधिवेशन : निर्वाचन आयोगमा मंसिर ३० मा दर्ता भएकाले असर नगर्ने

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन पुनः सरेको छ । कांग्रेसको १४ औँ महाधिवेशन सारेको छैटौँपटक हो ।
सरेको मितिअनुसार कांग्रेसको महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म हुने भएको छ । शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति सार्ने निर्णय गरेको हो ।
पार्टीका केन्द्रीय सदस्य कल्याण गुरुङका अनुसार कांग्रेस २०७३ मंसिर ३० निर्वाचन आयोगमा दर्ता भएकाले महाधिवेशनको नयाँ तालिकाले असर नगर्ने बताए । उनले भने, “नेपाली कांग्रेसको पाँच वर्ष मंसिर ३० मात्र पुग्छ ।”
उनका अनुसार संविधानको धारा २७० र २७२ ले दल खारेज गर्ने वा प्रतिबन्ध लगाउन नमिल्ने उल्लेख रहेछ । संविधानको धारा २६९ को उपधारा ४ (ख)मा ५ वर्ष ६ महिनाभित्र महाधिवेशन गर्नु पर्ने प्रावधान रहेको छ ।
क्रियाशील विवाद मिलाउन सिटौला, लेखक र रिजाल
क्रियाशील सदस्यतासम्बन्धी विवादको टुंगो लगाउन विशेष कार्यदल बनेको छ । उक्त कार्य दलमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखकलाई जिम्मा दिइएको छ ।
लेखक यसअघि क्रियाशील सदस्यता छानविन समितिमा संयोजक थिए । यसैगरी, सिटौला र रिजालले क्रियाशील विवाद समाधानका लागि शीर्ष तहमा काम गरेका थिए ।
उनीहरु भदौँ २ गतेभित्र क्रियाशील विवाद समाधान गरेर ३ गते पार्टी सभापतिलाई बुझाउनु पर्ने केन्द्रीय सदस्य गुरुङले जानकारी दिए ।
यसैगरी निर्वाचन निर्देशिकाको जिम्मेवारी मिनेन्द्र रिजाल र प्रकाशशरण महतले पाएका छन् । उनीहरूले आगामी १ गतेभित्र निर्देशिकाको काम सम्पन्न गरेर २ गते पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउनु पर्ने छ ।










जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
एमबाप्पेको कीर्तिमानी रोनाल्डोको बराबरी, सेभिल्लाविरुद्ध रियल १–० ले विजयी
विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु
आज तराईमा हुस्सु-कुहिरो बढ्ने : मौसम महाशाखाले जारी गर्यो चेतावनी
आज दुई संसदीय समितिको संयुक्त बैठक बस्दै
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया