सोमबार, माघ ७, २०८१

आजको राशिफलः यी राशि भएका व्यक्तिको दिन उत्तम छ

ज्यो. दिवाकर पन्त २०७८ साउन ३१ गते ६:१८

काठमाडौं । आज २०७८ साल श्रावण महिनाको ३१ गते आइतबार, श्रावण शुक्लपक्षको सप्तमी तिथि । आज रवि सप्तमी परेको छ भने गोस्वामी तुलसीदास जयन्ती पनि रहेको छ । अब लागौं आजको राशिफलतर्फ ।

Advertisement

मेष
प्रेममय स्वाभाव हुने छ । आफ्नो जीवनसाथिप्रति समर्पित रहेर कार्य व्यवहारहरु गर्न मन लाग्ने छ ।
पेशागत क्षेत्रमा उन्नति, प्रगति हुने छ । पेशाप्रति केन्द्रीत हुने स्वाभावमा बृद्धि हुने छ । आम्दानीमा पनि बृद्धि हुने छ । बोलीमा भने कडापना देखा पर्ने भएकाले संयमित रहनु होला ।

वृष
मनमा दुविधाका क्रमहरु एकपछि अर्काे गरि आउने हुँदा निर्णय क्षमतामा गिरावट देखा पर्ने छ । पेशागत जीवनमा सफलता मिल्ने छ । पेशागत क्षेत्रबाट लाभ प्राप्त हुने छ । बोलीको प्रभावमा बृद्धि हुन जाने छ । रिस भने अत्यन्त कडा प्रकृतिको हुने भएकाले संयमित रहनु होला ।

मिथुन
बोलीमा प्रभावकारीता बृद्धि हुने छ । धन सम्पत्ति शिक्षा वा क्षमता अभिबृद्धिमा लगाउन मन लाग्ने छ । सन्तानप्रति वा सन्तानका बारेमा समर्पित भावमा तिब्रता आउने छ । व्यवस्थापकीय क्षमतामा पनि बृद्धि हुने छ । बाठो प्रकृतिको व्यक्तित्व हुने छ । भाग्यको साथ नभएका कारण धैर्य हुँदै अघि बढ्दा ठिक हुने छ ।

कर्कट
सुख सुविधाका साधन वा पदार्थहरुको प्रयोग गर्न मन लाग्ने छ तर दुविधात्मक शैलीको व्यक्तित्व हुन जाने छ । मनोबलमा कमि देखा पर्ने छ । पेशागत जीवनमा उल्झनहरु देखा पर्न जाने हुँदा संयमित रहनु होला । परिवारको आड भरोसाले गर्दा अप्ठ्यारो परिस्थितिमा सँम्हालिन मद्धत पुग्ने छ ।

सिंह
प्रतिष्पर्धात्मक स्वाभावमा बृद्धि हुने छ । आम्दानीको हकमा भने केही बृद्धि हुन जाने छ भने आम्दानीका विषयमा बोली प्रभावकारी बन्न पुग्ने छ । पेशागत जीवनमा धैर्यता साथ कदमहरु चाल्नु पर्ने वा निर्णय लिनु पर्ने समय रहेको छ । मनोबलमा गिरावट आउँदा आफैले आँटेका कामहरु पनि सम्पन्न गर्न सक्ने विषयमा दुविधा जस्तो बन्न पुग्ने छ ।

कन्या
आफ्ना सपना, लक्ष्य तथा आम्दानी परिवारप्रति समर्पित गराउन मन लाग्ने छ । परिवारप्रति केन्द्रीत रहने व्यक्तित्व बन्ने छ । बोलीमा नरमपना र शितलता देखा पर्ने छ । आम्दानीमा बृद्धि हुने छ भने पैतृक सम्पत्तिबाट पनि लाभ मिल्ने छ । पेशागत जीवन स्थिर रहने छ । व्यवस्थापकीय दक्षतामा बृद्धि हुने छ ।

तुला
शितल खालको व्यक्तित्व बन्ने छ । बोलीमा भने अलि कटु प्रकृतिको भाव बृद्धि हुने हुँदा ध्यान दिनु होला । आम्दानीमा केही बृद्धि हुन पुगेता पनि पेशागत जीवनमा अस्थिरता उत्पन्न हुन पुग्ने छ । अध्ययन अध्यापनमा भने प्रगति हुने छ । भाग्यको साथ रहेकाले प्रतिकुल परिस्थितिमा पनि अवस्था सन्तुलित रहन ठुलो मद्धत प्राप्त हुने छ ।

वृश्चिक
विदेश यात्रातर्फ सोचहरु आउने छन् । नकारात्मक विचार र धारणालाई नियन्त्रित गर्न प्रयास गर्नु होला । मनमा उदासिनताको मात्रा बढ्न जाने छ । पेशागत जीवनमा स्थिरता आउने छ भने कमाईमा पनि बृद्धि देखिने छ । बोलीको प्रभावमा भने कमि आउने हुँदा त्यसबारेमा ध्यान दिनु होला ।

धनु
आम्दानी तथा सपनाका विषयमा सन्तोषजनक प्रगति हुने छैन् । पेशागत जीवनमा उतार–चढाव देखिने भएकाले संयमित भई कदमहरु चाल्नु होला । धेरै जोखिम भन्दा भए गरेका कामहरुलाई निरन्तरता नै उपयुक्त हुने देखिन्छ । जीवनसाथिको साथसहित पेशागत क्षेत्रलाई अघि बढाएमा जोखिम कम हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा भने बृद्धि हुने छ ।

मकर
व्यक्तित्व दृढ खालको हुने छ । कतिपय अवस्थामा आवश्यकता भन्दा बढि कडा खालको व्यक्तित्व बन्ने भएकाले अन्य व्यक्तिहरुले घमण्डि जस्तो अनूभुत समेत गर्ने भएकाले यसको सीमालाई बुझ्ने प्रयास गर्नुहोला । जीवनसाथिको साथ र सहयोगले पेशागत जीवनमा ठुलो भुमिका खेल्ने छ । साझेदारीमा गरिएका कामहरुमा समस्या देखा पर्ने छन् ।

कुम्भ
चतुरतामा बृद्धि हुने छ । बौद्धिक क्षेत्रमा प्रगति हुने छ । प्रतिष्पर्धीहरुको अभिव्यक्ति तथा भनाईबाट मनमा खिन्नता आउने छ । यसले पेशागत जीवनमा पनि असर पर्ने देखिएकाले अरुको कुरा भन्दा पनि आफ्नो भित्रि मनमा लागेका कुराहरु गर्ने तर्फ जाँदा पेशागत जीवनमा फाइदा मिल्ने छ ।

मीन
भाग्यहिनताको आभाष हुने छ । मनमा खिन्नता र उदासिनताको मात्रा बढ्न पुग्ने छ । आम्दानीमा केही बृद्धि हुन जाने छ । पेशागत जीवनमा भने नसोचेका समस्याहरु देखा पर्ने भएकाले सतर्कतासहित कदम चाल्नु होला । दाम्पत्य जीवनमा मधुरता आउने छ । जीवनसाथिको साथ र सल्लाहमा कदम चालेमा जोखिमबाट बच्न सकिने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया