कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्यु

कम्बोडियाले सीमा क्षेत्रमा भएको झडपमा कम्बोडियामा मृत्यु हुने नागरिकको संख्या १७ पुगेको उल्लेख गर्दै थाई सैन्य बलले कम्बोडिया क्षेत्रमा हवाई आक्रमण र गोलाबारी जारी राखेको बुधबार बताएको छ ।
कम्बोडियाको रक्षा मन्त्रालयका उपसचिव तथा प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले बुधबारदेखि थाई सेनाले कम्बोडियाको ओड्डर मिन्चे, बान्टे मिन्चे र पर्सात प्रान्तका विभिन्न स्थानमा आक्रमण गर्न ट्याङ्क–माउन्टेड मेसिन गन, ड्रोन, आर्टिलरी र एफ– १६ लडाकु जेट प्रयोग गरेको बताए ।
सोचेटाले द्वन्द्वका कारण कम्बोडियाका नागरिकहरू आक्रमणको सिकार भएको उल्लेख गर्दै घाइतेहरूको संख्या ७७ पुगेको जनाएका छन् ।
आधिकारिक तथ्यांकका अनुसार द्वन्द्वले एक लाख ३० हजारभन्दा बढी कम्बोडियन परिवारका करिब चार लाख ३८ हजार व्यक्तिहरूलाई सुरक्षित आश्रयका लागि आफ्नो घर छोड्न बाध्य पारेको जनाइएको छ ।
कम्बोडिया–थाइल्यान्ड सीमा द्वन्द्व ७ डिसेम्बरदेखि पुनः सुरु भएको छ, भने दुवै पक्षले एकअर्कालाई आक्रमण सुरु गरेको आरोप लगाएका छन् ।
















प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
ओमानसँग नेपाल १०२ रनले पराजित
पर्वतको लुङ्खु – हुवास सडक कालोपत्र सम्पन्न
सेयर बजारमा २५ अंकको गिरावट
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया