साताको पहिलो दिन सुनको मूल्य वृद्धि
मेरोन्यूज
२०७८ साउन ३१ गते १२:०३
काठमाडौँ । गत साता लगातार गिरावट आएको सुन चाँदीको मूल्य यस साताको सुरुवातसँगै मूल्यमा वृद्धि हुन थालेको छ । साताको पहिलो आज बजारमा सुन प्रतितोला एक हजार रुपैयाँले वृद्धि हुँदै ९० हजार ७ सय रुपैयाँ कायम भएको छ ।
गत साताको अन्तिम दिन शुक्रबार बजारमा सुन प्रतितोला ८९ हजार ७०० रुपैयाँ र चाँदी एक हजार १८५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
महासंघका अनुसार तेजाबी सुनको मूल्य बढेर प्रति तोला ९० हजार २ सय रुपैयाँ कायम भएको छ । यस्तै चाँदी एक हजार २०५ रुपैयाँ पुगेको छ ।
सम्बन्धित
प्रतिक्रिया