कांग्रेस अधिवेशन : गाउँ-नगरमा क्रियाशील सदस्यले उमेद्वारी दिन पाउने, भोट हाल्न नपाउने

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण देखाएर क्रियाशील सदस्यको वैधानिक अधिकार कटौती भएको छ । पालिकाभित्रका क्रियाशील सदस्यबाट गाउँ र नगर कार्यसमिति चयन विधानमा उल्लेख छ ।
कांग्रेसको शनिबार बसेको केन्द्रीय समिति बैठकले विधानले दिएको अधिकार खोसेको छ । उक्त अधिकारअनुसार क्रियाशील सदस्यले सभापतिबाहेकका पदमा कार्य समितिको उमेदवार बन्न पाउने थिए । तर, उनीहरूले आफैँले आफैँलाई वा कार्यसमितिका अरूलाई भने भोट हाल्न पाउने छैनन् ।
केन्द्रीय डिला संग्रौलाका अनुसार कोरोना महामारीलाई मध्यनर गरेर गाउँ, महानगर र नगरमा कार्यसमिति चुनावमा क्षेत्रीय प्रतिनिधि र वडा सभापतिले मात्र भोट हाल्न पाउने छन् ।
‘गाउँ वा नगर कार्यसमितिको सभापतिबाहेक उपसभापति र सचिवसहितका अन्य पदमा भने क्रियाशील सदस्यले उमेदवारी दिन भने पाउने छन्,’ उनले भनिन् ।
अहिले महामारीलाई हेरेर गाउँ र नगरपालिकामा कार्यसिमिति चयनका लागि क्षेत्रीय प्रतिनिधिहरुले मात्र भोट हाल्न पाउने व्यवस्था गरिएको बताइन् । उनले भनिन्, ‘अहिलेका लागि मात्र कोरोना महामारीको जोखिम कम गर्न क्षेत्रीय प्रतिनिधिले मात्र भोट हाल्ने व्यवस्था मिलाइएको छ ।’
यसअघि गाउँ र नगरपालिका सभापति क्रियाशील सदस्यले चुन्ने गरेका थिए । अब क्षेत्रीय प्रतिनिधि वडाबाट जितेर आउने नै सभापति हुने छन् । पदाधिकारीमा उमेद्वारी दिन क्रियाशीलाबाट पाउने तर मतदान चाहिँ क्षेत्रीय प्रतिनिधिबाट हुने उनले बताइन् ।

















महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
युक्रेनमा रुसले आक्रमण बढायाे
महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
प्रतिक्रिया