कांग्रेस अधिवेशन : गाउँ-नगरमा क्रियाशील सदस्यले उमेद्वारी दिन पाउने, भोट हाल्न नपाउने

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण देखाएर क्रियाशील सदस्यको वैधानिक अधिकार कटौती भएको छ । पालिकाभित्रका क्रियाशील सदस्यबाट गाउँ र नगर कार्यसमिति चयन विधानमा उल्लेख छ ।
कांग्रेसको शनिबार बसेको केन्द्रीय समिति बैठकले विधानले दिएको अधिकार खोसेको छ । उक्त अधिकारअनुसार क्रियाशील सदस्यले सभापतिबाहेकका पदमा कार्य समितिको उमेदवार बन्न पाउने थिए । तर, उनीहरूले आफैँले आफैँलाई वा कार्यसमितिका अरूलाई भने भोट हाल्न पाउने छैनन् ।
केन्द्रीय डिला संग्रौलाका अनुसार कोरोना महामारीलाई मध्यनर गरेर गाउँ, महानगर र नगरमा कार्यसमिति चुनावमा क्षेत्रीय प्रतिनिधि र वडा सभापतिले मात्र भोट हाल्न पाउने छन् ।
‘गाउँ वा नगर कार्यसमितिको सभापतिबाहेक उपसभापति र सचिवसहितका अन्य पदमा भने क्रियाशील सदस्यले उमेदवारी दिन भने पाउने छन्,’ उनले भनिन् ।
अहिले महामारीलाई हेरेर गाउँ र नगरपालिकामा कार्यसिमिति चयनका लागि क्षेत्रीय प्रतिनिधिहरुले मात्र भोट हाल्न पाउने व्यवस्था गरिएको बताइन् । उनले भनिन्, ‘अहिलेका लागि मात्र कोरोना महामारीको जोखिम कम गर्न क्षेत्रीय प्रतिनिधिले मात्र भोट हाल्ने व्यवस्था मिलाइएको छ ।’
यसअघि गाउँ र नगरपालिका सभापति क्रियाशील सदस्यले चुन्ने गरेका थिए । अब क्षेत्रीय प्रतिनिधि वडाबाट जितेर आउने नै सभापति हुने छन् । पदाधिकारीमा उमेद्वारी दिन क्रियाशीलाबाट पाउने तर मतदान चाहिँ क्षेत्रीय प्रतिनिधिबाट हुने उनले बताइन् ।










एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभारः गृहमन्त्री
‘जब स्कुलले थर फेरिदियो, विजयले पढ्नै सकेनन्’
पशुपतिमा सर्वसाधारणलाई प्राचीन सामग्रीको दर्शन गराइयो
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
प्रतिक्रिया