कराँचीमा ग्रिनेड आक्रमणः १३ जनाको मृत्यु, कैयौं घाइते

कराँची । पाकिस्तानको कराँचीमा शनिबार भएको ग्रिनेड आक्रमणमा परी कुल १३ जनाको मृत्यु भएको र अन्य कैयौँ घाइते भएका जियो न्युजले बताएको छ ।
आक्रमण बेलुकी ९ः३० बजेतिर बाल्डिया टाउनको मवाच गोथ क्षेत्र नजिकै भएको थियो विस्फोटन भएको ठाउँबाट भेटिएका अवशेषहरूको प्रयोग गर्दै गरेको प्रारम्भिक अनुसन्धानबाट स्थानीय प्रहरीले त्यस आक्रमणमा एउटा ग्रिनेड प्रयोग गरिएको बताएको छ ।
“यस आक्रमणको पछाडि को थियो, हामी भन्न सक्दैनौं । घटनाको प्रकृति हेर्दा पारिवारिक विवाद जस्तो देखिएको छ यसबारे थप अनुसन्धान भइरहेको छ,” स्थानीय एक प्रहरी अधिकारीले बताए ।
प्रहरी अतिरिक्त महानिरीक्षक इमरान याकोबले भन्नुभया, “यो आतंकवादी हमला पनि हुन सक्छ । हामीसित यसबारे अझै कुनै ठोस प्रमाण नभेटिएको र अनुसन्धान जारी रहेकोले कुनै निष्कर्षमा पुगिहाल्नु हतार हुनेछ ।”
आतंकवाद विरोधी विभाग (सीटीडी)का वरिष्ठ अधिकारी, राजा उमर खत्ताबले प्रारम्भिक अनुसन्धानले यो ग्रेनेड आक्रमण भएको देखिएको बताउनुभयो । गाडीको कुनै भागमा ठोकिनु अघि नै ग्रिनेड विस्फोट भएकोजस्तो देखिएको उहाँले बताए ।
आक्रमणकारीहरु मोटरसाइकलमा आइ आक्रमण गरेको प्रारम्भिक अनुसन्धानले देखाउँछ । थप कुरा अनुसन्धानपछि मात्र भन्न सकिन्छ ।
अतिरिक्त प्रहरी डा. कारार अब्बासीले डा. रुथ फाउ सिभिल अस्पतालमा १० जनाको मृत शरिर ल्याइएको पुष्टि गर्नुभयो । उहाँका अनुसार पीडितहरूमध्ये छ जना महिला र चार जना केटाकेटी थिए ।
घटनामा घाइते भएका अन्य १० जनालाई उपचारका लागि अस्पताल ल्याइएको अब्बासीले बताए । सिन्धका मुख्यमन्त्री मुराद अली शाहले घाइतेहरुलाई नजिकैको अस्पतालमा पु¥याउन प्रहरी र जिल्ला प्रशासनलाई निर्देशन दिँदै घटनाप्रति गहिरो दुःख व्यक्त गरे । एजेन्सी
















हुलाकका कुरियर ‘एक्सप्रेस वे’मार्फत, सार्वजनिक बिदाको दिन पनि सेवा
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : आज पनि निरन्तर सुनुवाइ
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
सभामुखले बोलाए प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
प्रतिक्रिया