अफगानी गृहमन्त्री भन्छन् : तालिवानलाई सत्ता छाडिदिन्छौँ

काठमाडौँ । अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वालले शान्तिपूर्ण सत्ता हस्तान्तरण हुने बताएका छन् । उनले संक्रमण कालीन सरकारलाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुने बताएका हुन् ।
तालिवानका सर्वोच्च नेताहरूले आफ्ना लडाकुहरूलाई तत्काल राजधानी काबुल प्रवेश नगर्न निर्देशन दिएसँगै देशका गृहमन्त्रीले यस्तो बताएका हुन् । ‘अफगान जनताले चिन्ता गर्नु पर्दैन, सहरमा कुनै हमला हुँदैन,’ उनले भने, ‘संक्रमण कालीन सरकारलाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुन्छ ।’
तालिवानले राजधानी काबुल कब्जा गर्न शक्ति प्रयोग नहुने बताएसँगै आतंक केही कम भएको अलजजिराले जनाएको छ । सडकमा सवारी साधन केही कमी देखिएका छन् ।
गृह मन्त्रालयले पनि तालिवानका लडाकुहरू सहर प्रवेश गरिसकेको तर, मुख्य सहरमा नआइपुगेको स्पष्ट पारेको छ । यसबीच अफगानिस्तानका राष्ट्रपति असरफ घानी देश छाडेर भागेको खबर गलत भएको समाचारमा जनाइएको छ ।
यो पनि पढ्नुहोस् : अमेरिकालाई हल्लाउने विद्यार्थी आन्दोलन, जो कालान्तरमा बन्यो ‘तालिवान’

















कतारले उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि
Two youths arrested for looting attempt in Rautahat
One dies as tipper knocks him down today; 15 killed in separate road accidents on Monday
Gold price climbs and silver price slides today
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
प्रतिक्रिया