अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार गर्न निर्देशन दिएको छ । आइतबार बसेको समितिको बैठकले अफगानिस्तानमा रहेका नेपालीलाई हवाई तथा अन्य बाटोबाट उद्धार गर्न निर्देशन दिएको हो ।
यसअघि औपचारिक क्षेत्रमा कार्यरत करीब १५ सय नेपालीलाई सुरक्षित स्थानमा लैजान सम्बन्धित संस्थालाई आग्रह गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सचिव भरत पौडेलले अरु कर्मचारीहरुसँगै १५ सय नेपालीलाई सुरक्षित स्थानमा लैजान पहल गरेको बताए ।
उनले अनौपचारिक क्षेत्रमा कार्यरत नेपालीहरुलाई सम्पर्कमा आउन सूचना जारी गर्ने तयारी भइरहेको बताए । आज बिहान मुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा बसेको बैठकले परराष्ट्रका सहसचिव हरिशचन्द्र घिमिरेको नेतृत्वमा सीसीएमसी, गृह, पर्यटन लगायत मन्त्रालयका प्रतिनिधि रहने गरी संयन्त्र बनाएको थियो ।

















इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
काबुल सुधार गृहमा भएको आक्रमणको स्वतन्त्र छानबिन गर्न संयुक्त राष्ट्रसंघको माग
इरानमा भएकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
चैत १ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया