अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न माओवादी केन्द्रको आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिएको छ । शुक्रबारबाट सुरु भएको बैठक आइतबार सकिएको हो । तीन दिनसम्म चलेको माओवादीको बैठकले शनिबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीति र विधान संसोधन प्रस्ताव सर्वसम्मत पारित गरेर बठैक भएर सकिएको हो ।
बैठकले विधान संशोधन र समसामयिक प्रतिवेदन पनि पास गरेको माओवादीले जनाएको छ । बैठकमा पेश भएको अध्यक्ष प्रचण्डको प्रतिवेदनमा राजनीतिक कार्यभार र पार्टीको सांगठनिक अवस्थाबारे निर्दिष्ट गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । उनले बैठकले प्रतिगमनको खतरा आजै पनि कायम रहेको निष्कर्ष निकालेको बताए ।
उनले भने, प्रतिगामी खतरा कायमै रहेको र सजग भएर अघि बढ्नुपर्ने बैठकको निष्कर्ष रहेको छ । राष्ट्रिय एकताका लागि वाम लोकतान्त्रिक सहकार्यलाई निरन्तरता दिन बैठकले निर्णय गरेको छ । बैठकमा समूहगत छलफल गरेर आएको सुझाबलाई समेटेर विभिन्न प्रतिवेदनहरू पारित भएका थिए । बैठकले आगामी पुस दोस्रो साता पार्टीको राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिले गरिरहेका कामलाई निरन्तरता दिने हो भने माओवादी पार्टीको औचित्य नरहने बताएका थिए । उनले पार्टीलाई विचार र क्रान्तिकारी रुपान्तरण गर्नमा सहयोग भुमिका खेल्न आग्रह गरेका थिए ।
यस्तै माओवादी केन्द्रले अफगानिस्तानमा रहेका नेपालीलाई सहयोगका लागि तत्काल पहल गर्न सरकारसँग माग गरेको छ । केन्द्रीय कमिटी बैठकले अफगानिस्तानमा असहज परिस्थिति आएको भन्दै त्यहाँ रहेका नेपालीहरुको उद्धार र सहयोगमा पहल गर्न सरकारलाई आग्रह गरेको छ ।
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकका प्रस्ताव :
१. महाकाली नदीमा तुइन काटेर नेपाली युवाको मृत्यु भएको दुई हप्ता भयो । यसबारे भारतसँग वार्ता गर्न र क्षतिपूर्तिका लागि सहल गर्न सरकारसँग माग गर्ने ।
२. बेलायतमा गोर्खा सैनिकहरुले गरिरहेको आमरण अनसनमा ऐक्यबद्धता जनाउने । बेलायत सरकारसँग तत्काल वार्ताको पहल गर्न सरकारसँग माग गर्ने ।
३. कोरोनाको तेस्रो लहरको खतरा देखिएको हुनाले त्यसको रोकथामको तयारी गर्न, जनतालाई खोपको प्रवन्ध गर्न र समग्र अर्थतन्त्रको पुनरुत्थानको माग सरकारसँग गर्ने ।
४.सम्पूर्ण पार्टी पङ्क्तिलाई स्वास्थ्य मापदण्ड अपनाउँदै महामारीविरुद्ध जुध्न र देशका लागि योगदान गर्न आह्वान गर्ने ।
५. बाढी, पहिरोबाट पीडितहरूको राहत उद्धार र पुनर्निर्माणमा सरकारको ध्यानाकर्षण गर्ने ।
६. अफगानिस्तानमा रहेका नेपालीहरुको अवस्थाबारे जानकारी गराउन सरकारसँग माग गर्ने ।
















ललितपुरबाट पेस्तोलसहित ३ जना सशस्त्र प्रहरीको नियन्त्रणमा
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया