यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
मेरोन्यूज
२०८२ चैत १३ गते २०:५५

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफ्नो सचिवालय प्रारम्भिक टिम बनाएका छन्।
शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएपछि पद तथा गोपनीयताको शपथ लिएर पदबहाली गरेका शाहले सल्लाहकार र सचिवालयको टिम पनि बनाएका हुन्।
जसअनुसार शाहले प्रमुख सल्लाहकारमा कुमार बेनलाई नियुक्त गरेका छन्। शाहका निकट साथी रहेका बेन काठमाडौँ महानगरपालिकाको मेयरमा चुनाव लड्ने बेलादेखि नै बेनले बालेनलाई साथ दिँदै आएका छन्। बालेनले निकै विश्वास गर्ने पात्रमध्ये उनी एक जना रहेको निकटस्थहरू बताउँछन्।
उनको राजनीतिक सल्लाहकारमा असिम शाह,प्रधानमन्त्री शाहको मुख्य स्वकीय सचिवमा सुवाश शर्मा, प्रधानमन्त्रीको प्रशासन प्रमुखमा सुदिप ढकाल, सूचना, सञ्चार तथा प्रविधि संयोजकमा विवेक मिश्र र निजी सचिवालयको जिम्मेवारी सहसचिव प्रदीप परियारले पाएका छन्। बाँकी नियुक्तिबारे पनि छलफल चलिरहेकाे छ ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया