काबुलस्थित विमानस्थलमा अमेरिकी सेनाले गोली चलायो, देश छाड्नेको लर्को (भिडियोसहित)

काठमाडौं । अफगानिस्तानको काबुलस्थित विमनस्थलमा अमेरिकी सेनाले गोली चलाएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार सोमबार विमानस्थलमा मुलुक छाड्नेको ठूलो भीड देखिएको अवस्थामा अमेरिकी सेनाले गोली चलाएको हो ।
तालिवानले देश कब्जा गरेलगत्तै अफगानिस्तानबाट बाहिरिनेहरुको लर्को लागेको छ । अफगानिस्तानको राजधानी काबुलस्थित विमानस्थलमा देश छोड्नेको लर्को लागेको हो । हमिद कारजाई विमानस्थलमा जहाज चढ्नेको ताँती लागेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओहरूमा मानिसहरू रनवेमा लगेज गुडाउँदै जहाज चढ्न गइरहेको देखिन्छ ।
कुनै सिस्टमबिनै जसले सक्छ उही जहाजभित्र चढेको देखिन्छ । धावनमार्गमा मानिसहरू बसपार्कमा गाडी चढ्न गएजसरी हिँडिरहेका देखिन्छन् ।
भिड अनियन्त्रित भएपछि सोमबार बिहान विमानस्थल नियन्त्रणमा लिएको अमेरिकी सेनाले हवाई फायर गरेको हो ।
समाचार संस्था एएफपीका अनुसार आफ्ना राजदूत, कर्मचारी, नागरिक र अन्य विदेशीलाई काबुलबाट बाहिर जान सघाउने उद्देश्यले अमेरिकी सेनाले विमानस्थल नियन्त्रणमा लिएको हो । विमानस्थलमा अनियन्त्रित भिड भएपछि सोमबार बिहान केही राउन्ड हवाई फायर गरिएको एएफपीले जनाएको छ।
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया