बेलायतले अनसन बसेका नेपालीको पाल हटाउँदा सरकार किन मौन ? : भीम रावल

काठमाडौँ । नेकपा एमालेका उपध्याक्ष भीम रावलले बेलायतमा अनसन बसिरहेका नेपालीहरूको अवस्था कमजोर हुँदासमेत सरकार मौन बसेको आरोप लगाएका छन् ।
उनले आफ्नो सेवा सुविधा बेलायती भूतपूर्व सैनिक सरह उपलब्ध गराउन माग राख्दै अनसनमा बसेका नेपालीको पाल हटाउँदा सरकार किन मौन बसेको भन्दै प्रश्न गरेका थिए ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले नेपाल सरकारले गोर्खा सैनिकको माग सम्बोधन गराउन ब्रिष्टिस सरकारसँग उच्च स्तरीय वार्ता गर्नु पर्ने माग राखेका छन् ।
उनले भने, ‘पटक–पटक बेलायती सरकारसँग आफ्नो अधिकार माग गरे पनि सम्बोधन नहुँदा आमरण अनसन बस्न बाध्य भएका छन्, १० दिनसम्म आमरण अनसनमा बसेको उनीहरूको माग सम्बोधन गर्न उच्च स्तरीय वार्ता समिति गठन गरी वार्ता गरियोस् ।’
उनले नेपाल सरकारले विभिन्न देशसँग गरिएको असमान सम्झौताबारे नयाँ नीति बनाउनु पर्ने माग राखे ।










प्रकृति र संस्कृतिको सङ्गम तीनचुले
आज विश्व टेलिभिजन दिवस
दोस्रो संस्करणको एनपीएल : आज पोखरा र सुदूरपश्चिम भिड्दै
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज कुन विदेशी मुद्राको विनिमयदर कति
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
गगन थापाले भने– न झुक्छौं, न झुकिन्छौं
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
कीर्तिपुर मैदानमा पहिलो पटक फ्लड लाइटमा खेल्दाको अनुभव- एउटा सपना पूरा भयो
प्रतिक्रिया