आइतबार, माघ १३, २०८१

संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

मेरोन्यूज २०७८ साउन ३२ गते १४:५६

काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्यका गर्न सिफारिस गरेको हो । प्रतिनिधिसभाको दोस्रो पटक पुनर्स्थापना भएपछि ३ साउनबाट संसदको बैठक बसेको थियो ।

Advertisement

प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभामा प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत लिएका थिए । त्यसपछि संसदलाई पर्याप्त बिजनेश दिएको थिएन । संसदबाट विधेक पारित गर्नुपर्ने भएपनि सरकारले अधिवेशनको अन्त्य गरिएको हो ।


सरकारले संसद अधिवेशन अन्त्य गरेर केही अध्यादेश ल्याउने तयारी गरेको बताइएको छ । यस्तै सरकारले एमाले नेता माधव कुमार नेपाल पक्षलाई सहज हुने गरी राजनीति दल विभाजन सम्बन्धिको अध्यादेश ल्याउन लागेको बताइएको छ ।

प्रतिक्रिया