सत्ता कब्जामा तालिवान
तालिवानले कसरी सञ्चालन गर्ला अफगानिस्तान ?
इस्लामिक देशहरूमा लागु भएको शरिया कानुन के हो ?

काठमाडौँ । विद्यार्थी आन्दोलनबाट सुरु भई सत्ता हातमा लिएको कट्टरपन्थी समूह तालिवानले पुनः सत्ता हातमा लिने भएको छ । सन् २००१ मा सत्ताच्युत भएको तालिवान २० वर्षपछि आइतबार (१५ अगष्ट २०२१) अफगानिस्तानको सत्तामा पुग्ने भएको हो ।
संयुक्त राष्ट्र संघ तथा अमेरिकाले आफ्नो सेनाहरू फिर्ता लैजाने निर्णय गरेसँगै क्षेत्रीय राजधानीमा कब्जा जमाउँदै राष्ट्रपति कार्यालय भवनसमेत कब्जामा लिएको छ । तालिवानका सेनाहरू राजधानी काबुलको मुख्या सहरमा प्रवेश गरिरहँदा अफगानी राष्ट्रपति मोहमद असरफ घानीसहित शीर्ष नेताहरूले देश छाडेर गएका थिए ।
अमेरिकी सैनिक अफगानिस्तानमा प्रवेश गरेसँगै सत्ताच्युद भएको तालिवानले २० वर्षपछि विना सर्त अमेरिकालाई पराजीत गरेको हो । योसँगै तालिवान दोस्रोपटक सत्ता सम्हाल्ने भएको हो । झण्डै एक महिनाअगाडि अमेरिकाका राष्ट्रपति जो बाइडेनले आफ्नो सैनिक फिर्ता बोलाउने निर्णय गरेका थिए । राष्ट्रपति बाइडेनले भनेका थिए, ‘अब, तालिवानले अफगानिस्तानको सरकार कब्जा गर्न सक्दैन, मलाई यो विश्वास लाग्दैन, अफगानी सैनिक तालिवानसँग लडाई गर्न सक्षम छ ।’
अमेरिकी राष्ट्रपतिको निर्णयसँगै तालिवान सक्रिय बन्दै आन्दोलनमा होमिएको थियो । यसको एक महिनामा नै तालिवानले सत्तासहित पूरै देश कब्जा गर्न सक्षम भएको हो ।

तालिवानले पहिलोपटक सेप्टेम्बर १९९५ मा इरानको सीमामा रहेको अफगानिस्तानको हेरात प्रान्त कब्जा गरेको थियो । यसको एक वर्षपछि उनीहरूले देशको राजधानी काबुल कब्जा गरेको थियो । देशमा कब्जा गरेलगत्तै तालिवानले आफ्नो शासन सुरु गर्यो । त्यसबेला उनले इरान र अफगानिस्तानमा हत्यारा र व्यभिचारीहरूलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिन थाले । चोरी गरेको प्रमाणित भए अंगभंगको दण्ड दिन सुरु भयो ।
त्यसबेला तालिवानको प्रभावित क्षेत्रमा पुरुषले दाह्री पाल्नु पर्ने र महिलाले पूरै शरीर छोपिने गरी बुर्का लगाउनु पर्ने नियम लागू गरेको थियो । टिभी, चलचित्र र संगीतमाथि प्रतिबन्ध लगाइयो । १० वर्ष र त्यसभन्दा माथिका बालिकालाई विद्यालय जान रोक लगाइयो । उनीहरूले शरिया कानुनमार्फत देश चलाउन खोजे ।
दोस्रोपटक तालिवानले सत्ता कब्जा गरेसँगै देशमा शरिया कानुन लागु हुने संकेत गरेको छ । उनीहरूले सत्ता कब्जा गरेसँगै महिलाहरूलाई बुर्का लगाउन र पुरुषलाई दाह्री पाल्न निर्देशन दिइसकेको छ ।
के हो शरिया कानुन ?

शरिया शब्द अरविक भाषा हो । जसको अर्थ, जीवन जिउने तरिका भन्ने हुन्छ । शरिया कानून इस्लाम धर्मालम्बीको कानुनी प्रणाली हो ।
इस्लामिक मुलुकमा प्रयोग हुने यो कानुनले सामाजिक, धार्मिक, राजनैतिक र आर्थिक रुपमा सम्पन्न रहेर जीवनयापन गर्ने तरिकालाई प्राथामिकतामा राखेर विधान तयार पारेको बुझिन्छ । अक्सर राजनीति, अपराध, नारीवाद, आतंकवाद र सभ्यताको विषयमा चर्चा हुने यो शब्द मुस्लिम धर्मालम्बीसँगै गैर मुस्लिमका लागि एक परिचित शब्द हो ।
शरिया कानुन कुरान (मुस्लिम धर्म ग्रन्थ), हदिस (अगमवक्ता मुहम्मदको वचन र आचरण) र फतवाहरू (इस्लामी विद्वानहरूका फैसला)सहित स्रोतहरूको एक संयोजनबाट बनेको कानुन हो ।
शरिया कानुनलाई मुस्लिमहरूले जीवनका लागि एक ‘कोड’को रूपमा प्रयोग गर्दछन् । जसको पालना गर्न प्रार्थना, उपवास र गरिबहरूलाई दान गर्नु पर्ने हुन्छ । भगवानको इच्छाअनुसार आफ्नो जीवनको हरेक पक्षको नेतृत्व गर्नु पर्छ भन्ने उद्देश्य अनुरुप लागु भएको यो कानुनलाई कट्टर कानुनका रुपमा लिने गरेको पाइन्छ ।

यो प्राय अंगहरू काट्ने, पत्थर हानेर मृत्यु, कोलाहल र अन्य मध्य युगीन सजायसँग सम्बन्धित छ । यस कारणले गर्दा, यो कहिले काही कठोर कानुनका रुपमा परिचित छ । पश्चिममा केही मानिसहरू शरियालाई पुरातन र अनुचित सामाजिक विचारहरूको रूपमा लिन्छन् ।
धेरै मुसलमानहरूले यसलाई गलत रुपमा लिए पनि इस्लाम परम्परामा यसलाई मानवताका लागि पोषणका रुपमा समेत लिने गरिन्छ । जसले भोका, गरिब र दुःखीको भोको पेट भर्ने काम गर्दछ ।
शरिया कानुनको नीति
शरिया कानुनको इस्लामिक धर्मअनुसार आफ्नो जीवन सञ्चालन वा जीवनयापनका लागि आफ्नो धर्मले निर्देशन गरेको कामअनुसार नै कुन काम गर्ने र कुन काम नगर्ने भन्ने निर्धारण गरेको हुन्छ । जसलाई शरिया कानुनका अनुयायीहरू आफ्नो भगवानप्रति बफादार रहेको अनुभूति गर्छन् । तर, यसलाई आफ्नो धर्मको निर्देशन भनिए पनि यस कानुनका अनुयायीहरू नै यसलाई कट्टरपन्थी कानुनका रुपमा लिने गरेका छन् ।
यसको कारबाही गर्ने नीति र अपराध गर्नेप्रति गरिने व्यवहारलाई निकै निर्दयी व्यवहारमा समेत लिने गरिन्छ । यो कानुनले गरेको कारबाही अमानवीय ढंगको रहेको विश्लेषकहरूले बखानसमेत गरेका छन् ।
शरिया कानुनले अपराधलाई सामान्यतः दुई वर्गमा विभाजित गरेको छ । जसको पहिलो वर्ग हो ‘हड’ अपराध । ‘हड’ अपराधलाई निकै गम्भिर अपराधका रुपमा लिइन्छ ।

यस्तै, चोरीको अपराधीको हात काटेर दण्डनीय हुन सक्छ । व्यभिचारलाई ढुङ्गाले हानेर मृत्युको सजाय हुन सक्ने व्यवस्था रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । केही इस्लामिक संगठनहरूले दण्डको परिणमलाई एउटा बोझको रुपमा संज्ञा दिएका थिए ।
संयुक्त राष्ट्रसंघले दुङ्गाले हानेर मृत्यु दण्ड दिएकोबारे बोलेको थियो । तर, शरिया कानुन व्यवसायीहरूले अपराध न्युनीकरणका लागि नियम लागु गर्ने बताएका थिए ।
सबै मुस्लिम देशहरू हड अपराधका लागि यस्तो सजाय अपनाउने वा लागु गर्दैनन् । यस्तो अपराधहरूका लागि कडा सजायको नीति मुस्लिमहरूको दृष्टिकोणमा फरक-फरक मत छ ।
युरोपका एक प्रमुख मुस्लिम विचारक तारिक रमजानले मुस्लिम संसारमा शारीरिक सजाय, ढुङ्गामुढा र मृत्युदण्डको सजायमा रोक लगाउन आह्वानसमेत गरेका थिए । उनले भनेका छन्, ‘यस्तो दण्ड कानुनी हुनेछ, जुन शर्तका लागि आजको संसारमा पुनः स्थापित गर्न लगभग असम्भव छ ।’

अर्को अपराधको वर्ग हो ‘ताजिर’ अपराध । जहाँ सजाय न्यायाधीशको विवेकमा छोडिन्छ । अपराधको नियत हेरेर न्यायधीशले आफ्नो विवेकको प्रयोग गरी कारबाही गर्न पाउने नियम छ ।
अफगानमा कस्तो नियम लागु होला ?
अफगानिस्तानमा तालिवानले कब्जा गरेलगत्तै यसको शासन विधि कस्तो होला भन्ने ठूलो चासो छ । तालिवानले पहिलोपटक सत्ता कब्जा गरेको समयमा ‘हड’ वर्गको कानुन लागु गरिएको थियो । पुनः सत्तामा आएको तालिवानले पुरानै तवरबाट शासन गर्ने हो या हैन भन्ने प्रश्नले अफगानिस्तानी र जनमानसमा ठूलो दुविधा पैदा भएको छ ।
यसैबिच तालिवानका नेता मोहम्मद नइमले आफूहरु अब हिंसाको बाटो नहिँड्ने बताएका थिए । समाचार एजेन्सी रोयटर्सका अनुसार अलजजिरालाई दिएको अन्तर्वार्तामा तालिवानका प्रवक्ता मोहम्मद नइमले आफूहरू अन्तर्राष्ट्रिय समुदायसँग शान्तिपूर्ण सम्बन्ध राख्न चाहने र कुनै पनि मुद्दामा छलफल गर्न तयार रहेको बताएका थिए ।

उनले भनेका छन्, ‘शरिया कानुनअनुसार महिला र अल्पसंख्यकको अधिकार र स्वतन्त्रताका हामी सम्मान गर्छौं ।’
प्रवक्ता मोहम्मद नइनमले आफ्नो संगठन तालिवानले कुनै मामिलामा हस्तक्षेपको नीति नलिने उल्लेख गर्दै अफगानिस्तान मामिलामा पनि कसैलाई हस्तक्षेप नगर्न चेतावनी दिएका छन् । उनले अगाडि भनेका छन्, ‘२० वर्षको प्रतिक्षापछि हामी जुन स्थानमा पुग्न चाहन्थ्यौँ, त्यही पुगेका छौँ, हामी देश र जनताको स्वतन्त्रता चाहन्छौँ, हामी न हाम्रो भूमि कसैको प्रयोगशाला हुन दिन्छौँ न कसैलाई हानी गर्न चाहन्छौँ ।’
तालिवानका नेताहरूले यस्तो अभिव्यक्ति दिँदै गर्दा सत्ता कब्जा गर्नु अगावै सार्वजनिक स्थलमा रहेका कलाकारहरूको तस्बिर हटाइएको छ । एजेन्सीको सहयोगमा

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
















मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन
तनहुँमा यसवर्ष ४५ करोड बढीको सुन्तला बिक्री
म्याग्दीको बेनीदेखि भारतको दिल्लीसम्म बस सेवा
Gold and silver prices up again
पाकिस्तानको बलूचिस्तानमा सुरक्षा चुनौती, २५० भन्दा बढी मानिसको मृत्यु
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया