कुलमानको नियुक्तिविरुद्ध हितेन्द्रदेव सर्वोच्चमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनर्वाहाली गरिपाउँ भन्दै हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत गएका छन् । सोमबार कार्यकारी निर्देशक पदमा पुनर्वाहालीको माग गर्दै शाक्यले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।
उनले रिटमा प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति बदर गर्न माग गरेका छन् । रिटमा शाक्यले पदाधिकारीबाट आफूलाई हटाएको आधिकारिक पत्र नदिएर कुलमानलाई नियुक्ति गरेको दाबी गरेका छन् । यस्तै उनले यसरी आफूलाई हटाएर कुलमानलाई ल्याउँदा संविधान अनुसार आफ्नो अधिकार हनन भएको बताएका छन् ।
उनले विद्युत प्राधिकरणमा आफैंलाई कायम गर्न अन्तरिम आदेशको माग गरेका छन् । उनले प्रधानमन्त्रीको कार्यालय, उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालय, उर्जा मन्त्री, उर्जा सचिव र कुलमानलाई विपक्षी बनाई रिट दायर गरेका छन् ।
उनले रिटमा आफूलाई साविकको पदमा यथावात कायम राख्न, साउन २५ गतेको मन्त्रिपरिषद बैठकको निर्णय कार्यान्वन नगर्न र आफूलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा कायम गर्न अन्तरिम आदेशको माग माग गरेका छन् । सरकारले शाक्यलाई सचिव सहरको सेवा सुविधा दिइ ऊर्जा आयोगमा ४ वर्षका लागि नियुक्ति गरिएको थियो ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
प्रतिक्रिया