नेप्सेमा झिनो सुधार, कारोबार रकम १५ अर्ब ९३ करोड

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले उकालो लागेको छ । आइतबार दोहोरो अंकले ओरालो लागेको नेप्से आज भने सम्हालिएर ५.७२ बिन्दुले बढेर तीन हजार १६०.०५ मा पुगेको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५६ बिन्दुले बढेर ५९२.९३ मा पुगेको छ । कूल २२७ कम्पनीको दुई करोड ८६ लाख १७ हजार ८०५ कित्ता शेयर १५ अर्ब ९३ करोड आठ लाख ९७ हजार ९३८ मूल्यमा खरिद बिक्री भए ।
सोमबारको कारोबारपछि बजार पूँजीकरण ४४ खर्ब १४ अर्ब ११ करोड १० लाख पाँच हजार बराबर पुगेको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज छ उपसमूहको शेयर ओरालो लाग्यो भने सात उपसमूहको शेयर उकालो लाग्यो । बैंकिङ ११.३३, होटल तथा पर्यटन ३२.७३, वित्त २८.५१, निर्जीवन बीमा ६७.३६, जीवन बीमा १७२.८७ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले घटेको छ । यस्तै, व्यापार ६४.७३, विकास बैंक ७४.७३, जलविद्युत् ४०.१२, उत्पादन १५८.९८, अन्य ३.६, लघुवित्त ५६.८२ र लगानी २.६८ बिन्दुले बढेको छ ।
कारोबारका आधारमा सोमबार नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ७४ करोड ९७ हजार ४५६ बराबरको कारोबार भयो । नेपाल बैंक ६४ करोड ७० लाख २४ हजार ३२१, एचआइडिसिएल ५४ करोड ८४ लाख ७४ हजार ७९६, ङादी ग्रुप अफ पावर ४८ करोड ४८ लाख ८६ हजार ६४८, अपि पावर कम्पनी ४७ करोड ९७ लाख ३१ हजार ५९४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
पाँच कम्पनीको शेयरमा सर्किट
नेप्से झिनो अंकले बढे पनि विभिन्न पाँच कम्पनीको शेयरमा सकारात्म्क सर्किट लागेको छ । नेशनल हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, रिडी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जीवन विकास लघुवित्तको शेयरमा १० प्रतिशतको वृद्धि भयो ।
यस्तै, आइसिएफसी फाइनान्स ६.२७, माउण्टेन इनर्जी नेपाल ५.३३, यूनियन लाइफ इन्स्योरेन्स ४.५३, ङादी ग्रुप अफ पावर ४.३३ र नेपाल एसबिआई बैंकका लगानीकर्ताले ३.४१ प्रतिशतले गुमाए ।









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
प्रतिक्रिया