विशिष्ट साधकलाई आजीवन र मानार्थ प्राज्ञ सदस्यता प्रदान

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले लामो समयदेखि नेपाली साहित्यअन्तर्गत कविता, काव्य र समालोचनाका साथै भाषा, दर्शन, सामाजिक शास्त्र आदि विषय क्षेत्रमा सिर्जना, अनुसन्धान र प्राध्यापनका माध्यमबाट विशिष्ट योगदान गरेका वरिष्ठ साहित्यकार आनन्ददेव भट्टलाई आजीवन सदस्यताको सम्मानपत्र अर्पण गरेको छ ।
प्रतिष्ठानले विगत सात दशकदेखि साधनारत रही नेपाली साहित्यअन्तर्गत निबन्ध/नियात्रा, कथा र उपन्यास सिर्जना तथा समालोचनाका साथै भाषा–व्याकरणका क्षेत्रमा अध्ययनरअनुसन्धान, सम्पादन एवं प्रकाशनका माध्यमबाट विशिष्ट योगदान गरेका वरिष्ठ साधक डा. तारानाथ शर्मालाई र नेपाली कविता/काव्य साहित्यका क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि साधनारत रही विशिष्ट योगदान गरेका वरिष्ठ कवि नरेश शाक्य (नरेशकुमार शाक्य)लाई आजीवन सदस्यताको सम्मानपत्र अर्पण गरेको छ ।
सोमबार प्रज्ञा भवनमा आयोजित आजीवन तथा मानार्थ प्राज्ञ सदस्यताको सम्मान अर्पण कार्यक्रममा कुलपति गङ्गाप्रसाद उप्रेतीले उक्त सम्मानको प्रमाणपत्र प्रदान गरे ।
सो अवसरमा विगत छ दशकभन्दा लामो समयदेखि संस्कृत वाङ्मयका विभिन्न क्षेत्रका साथै नेपालको इतिहास, संस्कृति, दर्शन, शिक्षा, भाषा–व्याकरण र साहित्यलगायतका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रामाणिक अध्ययन, अनुसन्धान र प्राध्यापनका माध्यमबाट विशिष्ट योगदान गरेका डा. महेशराज पन्त, विगत चार दशकभन्दा लामो समयदेखि सामाजिक शास्त्र विषयअन्तर्गत कानुन, मानवअधिकार, सुशासन, कूटनीति आदि विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा अध्ययन, अनुसन्धान, प्राध्यापन, परामर्श आदिका माध्यमबाट विशिष्ट योगदान गरेका प्रा. डा. सूर्य सुवेदी र दर्शनशास्त्रका क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि साधनारत रही अध्ययन/अनुसन्धान, प्रकाशन र प्राध्यापनका माध्यमबाट विशिष्ट योगदान गरेका वरिष्ठ दर्शनशास्त्री प्रा. डा. वीरेन्द्रप्रसाद मिश्रलाई मानार्थ प्राज्ञ सदस्यताको सम्मानपत्र अर्पण गरिएको थियो ।
कार्यक्रममा कुलपति उप्रेतीले विगतमा आजीवन तथा मानार्थ प्राज्ञ सदस्यलाई एउटा पत्र मात्रै दिइँदै आएकामा अबदेखि समारोह नै आयोजना गरेर माला र दोसल्लासहित सम्मानपत्र अर्पण गरी सम्मानित गर्ने परम्पराको सुरुआत गरिएको बताए ।
प्रज्ञा भवनमा आयोजित कार्यक्रम समापनपश्चात कुलपति उप्रेतीले सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय, प्राज्ञ परिषद् सदस्य प्रा. डा. हेमनाथ पौडेल र प्राज्ञसभा सदस्य एवं सञ्चार तथा डायास्पोरा संयोजक शशि लुमुम्बूसहित चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचाररत रहेका वरिष्ठ साधक भट्ट र चाबहिलस्थित निजी निवासमा आराम गरिरहेका वरिष्ठ साधक डा. शर्मालाई सोही स्थानमा गएर सम्मान अर्पण गरेका थिए ।









जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की
टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
सुदूरपश्चिमको विजयी यात्रा रोकियो, विराटनगरको शानदार जित
एनपिएलमा प्लेसिसले पुरा गरे कीर्तिमानी अर्धशतक
प्रतिक्रिया