पुनः भरिन थाले जिल्लाका कोभिड अस्पताल र आइसोलेशन

काठमाडौँ । विगत केही दिनदेखि खाली रहेका कालीकोटका कोभिड १९ विशेष अस्पताल र आइसालेशन फेरि पुनः भरिन थालेका छन् । स्वास्थ्य सेवा कार्यालय कालीकोटका अनुसार जिल्लामा कोभिड १९ को संक्रमण दर दिन प्रतिदिन बढ्दै गएको छ ।
संक्रमण नियन्त्रणका लागि सावधानी नअपनाउँदा संक्रमणका बिरामीले अस्पताल तथा आइसोलेशन कक्ष फेरि भरिन थालेका हुन् । जिल्लामा दिन प्रतिदिन कोभिड १९ को संक्रमण बढिरहेको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटक महतले बताए ।
‘विगतमा शून्यमा झरेको कोभिड १९ को संक्रमण दर अहिले बढिरहेको छ,’ उनले भने, ‘केही समय खाली भएको कोभिड अस्पताल मान्ममा अहिले २४ कोरोना संक्रमितका बिरामी छन् भने दुई जनालाई अक्सिजन दिनु परिरहेछ ।;
जिल्लाको रास्कोट नगरपालिका, तिलागुफा नगरपालिका, महावै गाउँपालिका र पचालझरनालगायत स्थानीय तहले निर्माण गरेको कोभिड १९ का आइसोलेशन कोभिड १९ का बिरामीले भरिएको अधिकृत महतले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयले भदौ १ गतेसम्मलाई निषेधाज्ञा जारी गरे पनि जिल्लामा निषेधाज्ञाको प्रभावकारी पालना नभएका कारणले कोभिड १९ संक्रमण दर बढेको स्थानीयवासी रामबहादुर शाहीले बताए । जिल्लामा कोभिड १९ को संक्रमण दर बढेका कारणले जिल्लामा थप केही दिन निषेधाज्ञा जारी हुन सक्ने जिल्ला प्रशासन कार्यालय कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
‘कोभिड १९ को संक्रमण दर बढ्दै गएमा केही दिन थप निषेधाज्ञा हुनेछ,’ उनले भने, ‘कोभिड १९ को नियन्त्रणका लागि विभिन्न उपाय अपनाएको भए पनि नियन्त्रणमा आउन सकेको छैन ।’









सुदूरपश्चिमले पोखरालाई दियो १९४ रनको लक्ष्य
कमला पुल निर्माण तीव्र गतिमा अघि बढाउने मन्त्री घिसिङको प्रतिबद्धता
जेनजी आन्दोलनका घाइतेले गरे माइतीघरमा धर्ना
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
प्रतिक्रिया