पुनः भरिन थाले जिल्लाका कोभिड अस्पताल र आइसोलेशन

काठमाडौँ । विगत केही दिनदेखि खाली रहेका कालीकोटका कोभिड १९ विशेष अस्पताल र आइसालेशन फेरि पुनः भरिन थालेका छन् । स्वास्थ्य सेवा कार्यालय कालीकोटका अनुसार जिल्लामा कोभिड १९ को संक्रमण दर दिन प्रतिदिन बढ्दै गएको छ ।
संक्रमण नियन्त्रणका लागि सावधानी नअपनाउँदा संक्रमणका बिरामीले अस्पताल तथा आइसोलेशन कक्ष फेरि भरिन थालेका हुन् । जिल्लामा दिन प्रतिदिन कोभिड १९ को संक्रमण बढिरहेको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटक महतले बताए ।
‘विगतमा शून्यमा झरेको कोभिड १९ को संक्रमण दर अहिले बढिरहेको छ,’ उनले भने, ‘केही समय खाली भएको कोभिड अस्पताल मान्ममा अहिले २४ कोरोना संक्रमितका बिरामी छन् भने दुई जनालाई अक्सिजन दिनु परिरहेछ ।;
जिल्लाको रास्कोट नगरपालिका, तिलागुफा नगरपालिका, महावै गाउँपालिका र पचालझरनालगायत स्थानीय तहले निर्माण गरेको कोभिड १९ का आइसोलेशन कोभिड १९ का बिरामीले भरिएको अधिकृत महतले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयले भदौ १ गतेसम्मलाई निषेधाज्ञा जारी गरे पनि जिल्लामा निषेधाज्ञाको प्रभावकारी पालना नभएका कारणले कोभिड १९ संक्रमण दर बढेको स्थानीयवासी रामबहादुर शाहीले बताए । जिल्लामा कोभिड १९ को संक्रमण दर बढेका कारणले जिल्लामा थप केही दिन निषेधाज्ञा जारी हुन सक्ने जिल्ला प्रशासन कार्यालय कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
‘कोभिड १९ को संक्रमण दर बढ्दै गएमा केही दिन थप निषेधाज्ञा हुनेछ,’ उनले भने, ‘कोभिड १९ को नियन्त्रणका लागि विभिन्न उपाय अपनाएको भए पनि नियन्त्रणमा आउन सकेको छैन ।’

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
प्रतिक्रिया