झापामा पत्रकार महासंघको भवन बनाउन प्रदेश सरकारको ४० लाख

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाको भवन निर्माणका लागि प्रदेश १ सरकारले ४० लाख प्रदान गर्ने भएको छ ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत भवन बनाउन उक्त रकम विनियोजन भएको महासंघका शाखा अध्यक्ष एकराज गिरीले जानकारी दिए ।
बिर्तामोडस्थित नयाँ बसपार्कमा रहेको एकतले भवनमा दुई तला थप्ने गरी तत्काल काम अघि बढाइने उनले बताए ।
यसका लागि शाखाका उपाध्यक्ष केशव भट्टराईको संयोजकत्वमा सात सदस्यीय भवन निर्माण समितिसमेत गठन गरिएको छ । प्रदेश सरकारसँग भवन निर्माण सम्झौता गर्न जाने तयारी भइरहेको उनले जानकारी दिए ।
यसैबीच महासंघ प्रदेश १ कमिटीका कोषाध्यक्ष विमल लामिछानेले शाखाद्वारा प्रकाशित इ–बुलेटिनको मंगलबार सार्वजनिक गरे ।
महासंघले सञ्चालन गरेका गतिविधि समेटेर चौमासिकरूपमा प्रकाशन गर्ने गरी इ–बुलेटिन प्रकाशन थालिएको शाखा अध्यक्ष गिरीले बताए ।
“महासंघको हरेक गतिविधि र कामकारबाहीलाई पारदर्शीरूपमा राख्नका लागि बुलेटिन प्रकाशन सुरु गरिएको हो”, उनले भने, “यसलाई महासंघको बेवसाइटमा राखिने छ ।”
सो अवसरमा प्रदेश १ का पत्रकारलाई १० लाख बराबरको ‘फेलोसिप’, मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।

















सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन निर्देशन
फागुपूर्णिमा (होली) ले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल
इरानमाथि अमेरिका र इजरायलको आक्रमणले इन्धनको मूल्य बढ्यो
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
विद्यार्थीसँग एमाले अध्यक्ष ओली
सिरहामा करेन्ट लागेर टिपर चालकको मृत्यु
प्रतिक्रिया