बाछी चोरेर कोटेको अभियोगमा तीन जना पक्राउ
मेरोन्यूज
२०७८ भदौ २ गते ७:१८

पोखरा । गोठबाट गाईको बाछी चोरेर लगी काटेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलका अनुसार पक्राउ पर्नेमा बागलुङ निसीखोला गाउँपालिका–६ घर भई पुरन्चौर बस्ने २८ वर्षीय असारी घर्ती, २२ वर्षीय सविन बुढामगर र २१ वर्षीया अस्मिता बुढामगर छन् ।
पोखरा महानगरपालिका–१९ पुरन्चौरका केशरबहादुर अधिकारीको गोठमा बाँधेको क्रस गाईको बाछी काटेको अभियोगमा उनीहरु मंगलबार पक्राउ परेका हुन् ।
बाछी चोरी भएको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले खोजतलास गर्दा अधिकारीको घरबाट लगभग दुई किलोमिटर टाढा लगेर काटेको स्थानबाट उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रवउ पोखरेलले जानकारी दिए ।
सम्बन्धित
















कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २ गते बस्ने
BP Koirala Memorial Cancer Hospital in financial problem as most services are free
राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक
उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण
ज्यान हत्केलामा राखेर लिएको सदस्यता कसैको लहडमा भाषण गरेर खारेज हुन सक्दैन-पूर्णबहादुर खड्का
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया