बाछी चोरेर कोटेको अभियोगमा तीन जना पक्राउ
मेरोन्यूज
२०७८ भदौ २ गते ७:१८

पोखरा । गोठबाट गाईको बाछी चोरेर लगी काटेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलका अनुसार पक्राउ पर्नेमा बागलुङ निसीखोला गाउँपालिका–६ घर भई पुरन्चौर बस्ने २८ वर्षीय असारी घर्ती, २२ वर्षीय सविन बुढामगर र २१ वर्षीया अस्मिता बुढामगर छन् ।
पोखरा महानगरपालिका–१९ पुरन्चौरका केशरबहादुर अधिकारीको गोठमा बाँधेको क्रस गाईको बाछी काटेको अभियोगमा उनीहरु मंगलबार पक्राउ परेका हुन् ।
बाछी चोरी भएको खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले खोजतलास गर्दा अधिकारीको घरबाट लगभग दुई किलोमिटर टाढा लगेर काटेको स्थानबाट उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रवउ पोखरेलले जानकारी दिए ।
सम्बन्धित













गुरुङ समुदायमा आज तमु ल्होसार पर्व मनाइँदै
पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आज देशभरको मौसम ?
आज २०८२ साल पुस १५ गते मंगलबारको राशिफल
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया