शुक्रबार, चैत २७, २०८२

उद्योग र श्रममन्त्रीद्वारा शपथ

मेरोन्यूज २०८२ चैत २७ गते २१:४८


काठमाडौँ : नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीद्वयलाई शपथ ग्रहण गराए । गौरीकुमारी यादव महोत्तरी–४ बाट र रामजी यादव सप्तरी क्षेत्र नं २ बाट निर्वाचित सांसद हुन् । प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन० ले आजै उनीहरुलाई मन्त्री पदमा नियुक्त गरेका थिए ।

प्रतिक्रिया