मेसीले आँसु पुछेर फालेको पेपरको मूल्य ११ करोड

काठमाडौँ । चर्चित फुटबल खेलाडी लियोनल मेस्सीले बार्सिलोनाबाट बिदाई हुँदै गर्दा भाषणमा आँसु पुछेको टिस्यु पेपर १० लाख डलर अर्थात झण्डै ११ करोड रुपैयाँमा बिक्रीमा राखिएको छ । उनले उक्त भाषणका क्रममा भावुक हुँदै टिस्यु पेपरले आँसु पुछेका थिए ।
आफ्नो बिदाई भाषणका दौरानमा जब मेस्सी क्लब छोडेर आफ्नो भावनालाई व्यक्त गर्न लाग्दै गर्दा आफ्नो आँसु रोक्न सकेका थिएनन् । उनकी पत्नी एन्टोनेलाले आँसु पुछ्नका लागि एक टिस्यु पेपर दिएका थिए ।
‘टिस्यु पेपर’ सस्तो वस्तु भए पनि मेस्सीले बार्सिलोनाबाट बिदाई हुँदा आँसु पुछेको पेपरको मूल्य किन्न कल्पनाभन्दा बाहिर जानु पर्ने भएको छ । मेसीले आँसु पुछेको टिस्यु पेपर एक व्यक्तिले टिपेका थिए । र, अहिले त्यो पेपर लिलामीमा राखिएको छ ।
लिलामीमा त्यो टिस्यु पेपरको मूल्य १० लाख डलर तोकिएको छ । हालसालै अन्तर्राष्ट्रिय लिलामी वेबसाइट मेइकेदौमा राखिएको टिस्यु पेपरको मूल्य १० लाख डलर भनी उल्लेख गरिएको छ । अहिलेको सटही दरमा यसको नेपाली मूल्य ११ करोडभन्दा धेरै हुन्छ ।
यसैबीच, बार्सिलोना छाडेर पिएसजी गएसँगै पिएसजीले मेसीको १० लाख प्रति जर्सी बेचिसकेको छ । उक्त बिक्रीबाट पिएसजीले तीन दिनमा १० करोड डलर आम्दानी गरिसकेको छ । एजेन्सी


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
प्रतिक्रिया