मेसीले आँसु पुछेर फालेको पेपरको मूल्य ११ करोड

काठमाडौँ । चर्चित फुटबल खेलाडी लियोनल मेस्सीले बार्सिलोनाबाट बिदाई हुँदै गर्दा भाषणमा आँसु पुछेको टिस्यु पेपर १० लाख डलर अर्थात झण्डै ११ करोड रुपैयाँमा बिक्रीमा राखिएको छ । उनले उक्त भाषणका क्रममा भावुक हुँदै टिस्यु पेपरले आँसु पुछेका थिए ।
आफ्नो बिदाई भाषणका दौरानमा जब मेस्सी क्लब छोडेर आफ्नो भावनालाई व्यक्त गर्न लाग्दै गर्दा आफ्नो आँसु रोक्न सकेका थिएनन् । उनकी पत्नी एन्टोनेलाले आँसु पुछ्नका लागि एक टिस्यु पेपर दिएका थिए ।
‘टिस्यु पेपर’ सस्तो वस्तु भए पनि मेस्सीले बार्सिलोनाबाट बिदाई हुँदा आँसु पुछेको पेपरको मूल्य किन्न कल्पनाभन्दा बाहिर जानु पर्ने भएको छ । मेसीले आँसु पुछेको टिस्यु पेपर एक व्यक्तिले टिपेका थिए । र, अहिले त्यो पेपर लिलामीमा राखिएको छ ।
लिलामीमा त्यो टिस्यु पेपरको मूल्य १० लाख डलर तोकिएको छ । हालसालै अन्तर्राष्ट्रिय लिलामी वेबसाइट मेइकेदौमा राखिएको टिस्यु पेपरको मूल्य १० लाख डलर भनी उल्लेख गरिएको छ । अहिलेको सटही दरमा यसको नेपाली मूल्य ११ करोडभन्दा धेरै हुन्छ ।
यसैबीच, बार्सिलोना छाडेर पिएसजी गएसँगै पिएसजीले मेसीको १० लाख प्रति जर्सी बेचिसकेको छ । उक्त बिक्रीबाट पिएसजीले तीन दिनमा १० करोड डलर आम्दानी गरिसकेको छ । एजेन्सी














नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
दाङमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया