एमालेका माधव नेपाल पक्षले पार्टीको नाम र चुनाव चिह्न टुंग्यायो
मेरोन्यूज
२०७८ भदौ २ गते १३:५९

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षले नयाँ पार्टीको नाम र चुनाव चिह्नबारे टुंगो लगाएको छ । नेपाल पक्षको आजै पार्टी दर्ता गर्ने तयारी गरिरहेको उनी पक्षका एक नेताले जानकारी दिए ।
उनका अनुसार पार्टीको नाम नेकपा एमाले (समाजवादी) र चुनाव चिह्न खुला किताब हुने छ । दल विभाजनसम्बन्धि अध्यादेश आएसँगै नेपाल पक्षलाई नयाँ पार्टी दर्ता गर्न सहज हुने भएको हो ।
सरकारले मंगलबार मात्रै अध्यादेश सिफारिस गरी राष्ट्रपति कार्यालयमा पठाएको थियो । सिफारिस पुगेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अध्यादेशको सिफारिस प्रमाणीकरण गरेकी हुन् ।
सम्बन्धित











राजनीतिक दल निर्वाचनमा जान प्रतिबद्ध छन्, सरकार चुनाव गर्न तयार छ : सरकार
सरकार र मुख्य राजनीतिक दलबीच निर्वाचन सफल पार्ने समझदारी
कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया