एमालेका माधव नेपाल पक्षले पार्टीको नाम र चुनाव चिह्न टुंग्यायो
मेरोन्यूज
२०७८ भदौ २ गते १३:५९

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षले नयाँ पार्टीको नाम र चुनाव चिह्नबारे टुंगो लगाएको छ । नेपाल पक्षको आजै पार्टी दर्ता गर्ने तयारी गरिरहेको उनी पक्षका एक नेताले जानकारी दिए ।
उनका अनुसार पार्टीको नाम नेकपा एमाले (समाजवादी) र चुनाव चिह्न खुला किताब हुने छ । दल विभाजनसम्बन्धि अध्यादेश आएसँगै नेपाल पक्षलाई नयाँ पार्टी दर्ता गर्न सहज हुने भएको हो ।
सरकारले मंगलबार मात्रै अध्यादेश सिफारिस गरी राष्ट्रपति कार्यालयमा पठाएको थियो । सिफारिस पुगेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अध्यादेशको सिफारिस प्रमाणीकरण गरेकी हुन् ।
सम्बन्धित

















झापा-५ पुगेर प्रधानमन्त्रीले गरिन् मतदान
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
उदयपुरमा गोली चल्दा मतपेटिकामा क्षति
चुनावमा कसैको बहुमत आउँदैन, नयाँ र पुराना भन्ने भाष्य नै गलत छ : प्रचण्ड
अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
प्रतिक्रिया