झण्डै १२ सांसदले चाहे फुट्ने छ कांग्रेस र माओवादी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धि अध्यादेश प्रमाणिकरण गरेसँगै पार्टीमा विवाद भएका नेताहरूलाई सहज भएको छ ।
योसँगै नेकपा (एमाले)का नेता माधव नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा)बाट असन्तुष्टि भएका महन्थ ठाकुर पक्षले नयाँ पार्टी दर्ता गर्न पाउने भएको छ ।
दल विभाजनका लागि सहजता हुने गरी ल्याइएको अध्यादेशसँगै फुटको संघारमा रहेका एमालेका नेपाल पक्ष र जसपाका ठाकुर पक्ष सहज अवस्थामा पुगेको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेसँगै उनीहरू नयाँ पार्टी दर्ता गर्ने तयारीमा रहेका थिए ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को परिच्छेद ६ को दल त्यागसम्बन्धी प्रावधानमा ‘कुनै दलको केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्याका कम्तिमा ४० प्रतिशत सदस्य हुँदा नयाँ दल बनाउन पाउने व्यवस्था रहेको छ ।
प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले यसअघिको दल विभाजनसम्बन्धि अध्यादेश परिमार्जन गरी नयाँ अध्यादेश जारी गरेको हो । जारी भएको नयाँ अध्यादेशअनुसार दल विभाजन गर्न कुनै एक पक्षमा मात्रै २० प्रतिशत सदस्य भए पुग्ने प्रावधान रहेको छ ।
यो अध्यादेशअनुसार सत्ता साझेदारी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको दल विभाजन गर्न कति सदस्य आवश्यक पर्ला ? यदि, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूले नयाँ दल दर्ता गर्न चाहे झण्डै १० देखि १२ जना सांसद भए पुग्ने भएको छ ।
नेपाली कांग्रेसका ६१ सांसदमध्ये १२ जना सांसदले दल विभाजन गर्न सक्ने छन् । कांग्रेसमा कूल ६३ जाना सांसदमध्ये २ जना निलम्बित भएका छन् । यस्तै, माओवादी केन्द्रमा ४९ सांसदमध्ये १० जना सांसद भए नयाँ दल दर्ता गर्न सक्नेछन् ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया