राष्ट्रिय विज्ञान दिवसका लागि उपयुक्त कार्यक्रम र नारा पठाउन आग्रह
मेरोन्यूज
२०७८ भदौ २ गते १५:५४

काठमाडौं । राष्ट्रिय विज्ञान दिवसको लागि सरकारले कार्यक्रम तथा उपयुक्त हुने नारा पठाउन सबैलाई आग्रह गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ‘नवौं राष्ट्रिय विज्ञान दिवस, २०७८’ को अवसरमा गर्न सकिने कार्यक्रमहरू तथा उपयुक्त हुने नारा पठाउन आग्रह गरेको छ ।
मन्त्रालयले विश्वविद्यालय, शैक्षिक संस्था, निजी अनुसन्धान संस्था, नवप्रवर्तक तथा अन्य सरोकारवाला संस्थाहरूबाट नवौं राष्ट्रिय विज्ञान दिवस, २०७८ को अवसरमा आ–आफ्नो निकायबाट गर्न सकिने भदौ १० भित्र प्रस्तावित कार्यक्रमहरू तथा नारा पठाउन अनुरोध गरेको छ ।
प्रस्तावित कार्यक्रम तथा नारा space@moest.gov.np इमेलमा पठाउन सकिने छ । बि.सं. २०७० देखि प्रत्येक वर्ष असोज १ गते विविध कार्यक्रमको आयोजना गरी राष्ट्रिय विज्ञान दिवस मनाइँदै आएको छ ।
सम्बन्धित
















सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाइने:सभापति थापा
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइयो
ज्योति विकास बैंकद्वारा देशव्यापी १७ सय वृक्षारोपण
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
प्रतिक्रिया