एमाले समाजवादीलाई खुला किताब चुनाव चिन्ह दिएमा उन्नत लोकतान्त्रिक सर्वोच्च अदालत जाने
मेरोन्यूज
२०७८ भदौ २ गते १७:१६
काठमाडौं । उन्नत लोकतान्त्रिक पार्टीले माधव कुमार नेपालविरुद्ध सर्वोच्च अदालत जाने बताएको छ । बुधबार निर्वाचन आयोगमा माधव नेपालले एमाले समाजवादी पार्टी दर्ता गरेका छन् ।
उनले आफ्नो पार्टीको चुनाव चिन्ह खुला किताब निर्वाचन आयोगलाई मागेका छन् । आयोगले नेपाललाई चुनाव चिन्ह खुला किताब दिएमा त्यसविरुद्ध उन्नत लोकतान्त्रिक पार्टीले सर्वोच्च अदालत जाने बताएको हो । उन्नत लोकतान्त्रिक पार्टीको चुनाव चिन्ह छड्के परेको किताब रहेको छ ।
उन्नत लोकतान्त्रिक पार्टीका केन्द्रय सदस्य बोधराज न्यौपाने निर्वाचन आयोग गएर आयोगको ध्यानाकर्षण गराएका छन् । आयोगले ध्यानाकर्षण नमानेर सो निर्वाचन चिन्ह एमाले समाजवादीलाई दिए सर्वोच्च अदालत जाने उनले बताए ।
सम्बन्धित
















काठमाडौंका पूर्व सीडीओ रिजाल पक्राउ
आज कुन फलफूल तथा तरकारी मूल्य कती ?
यस्तो छ आजको मौसम पूर्वानुमान
दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया