भीमदत्तमा एम्बुलेन्स र शववाहन सेवा सञ्चालन
मेरोन्यूज
२०७८ भदौ ३ गते ८:२५

कञ्चनपुर । कोरोना रोकथाम तथा नियन्त्रणको कार्यलाई प्रभावकारी बनाउन भीमदत्त नगरपालिकाले एम्बुलेन्स र शववाहन सेवा सञ्चालन गरेको छ ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको हो । शववाहन नगरपालिकाको आन्तरिक स्रोतबाट खरिद गरिएको छ ।
एम्बुलेन्सलाई सीमा नाका गड्डाचौकीमा राखेर कोरोना सङ्क्रमित बिरामी बोक्न प्रयोग गरिने नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले बताए ।
“एम्बुलेन्स सञ्चालन गरी कोरोना सङ्क्रमितलाई निःशुल्करुपमा आइसोलेसनमा पुर्याउने कार्य गरिने छ”, उनले भने, “शववाहनको प्रयोग कोरोनाका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्न र अन्य शव बोक्नका लागि प्रयोगमा ल्याइने छ ।”
एम्बुलेन्स र शववाहन सञ्चालनका लागि निर्देशिका तयार गरी व्यवस्थितरुपमा सञ्चालन गरिने उनको भनाइ छ ।
सम्बन्धित
















बालेन सवार हेलिकप्टर झापामा अवतरण गर्न सकेन
दोलखाको मालुमा तनावपछि मतदान रोकियो
कांग्रेस सभापति थापाले मतदानपछि भने-‘निर्वाचनले संविधान ‘ट्रयाक’मा आयाे’
२ घण्टामै देशभर ८ लाख ५० हजारभन्दा बढीद्वारा मतदान
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
प्रतिक्रिया