भीमदत्तमा एम्बुलेन्स र शववाहन सेवा सञ्चालन
मेरोन्यूज
२०७८ भदौ ३ गते ८:२५

कञ्चनपुर । कोरोना रोकथाम तथा नियन्त्रणको कार्यलाई प्रभावकारी बनाउन भीमदत्त नगरपालिकाले एम्बुलेन्स र शववाहन सेवा सञ्चालन गरेको छ ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको हो । शववाहन नगरपालिकाको आन्तरिक स्रोतबाट खरिद गरिएको छ ।
एम्बुलेन्सलाई सीमा नाका गड्डाचौकीमा राखेर कोरोना सङ्क्रमित बिरामी बोक्न प्रयोग गरिने नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले बताए ।
“एम्बुलेन्स सञ्चालन गरी कोरोना सङ्क्रमितलाई निःशुल्करुपमा आइसोलेसनमा पुर्याउने कार्य गरिने छ”, उनले भने, “शववाहनको प्रयोग कोरोनाका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्न र अन्य शव बोक्नका लागि प्रयोगमा ल्याइने छ ।”
एम्बुलेन्स र शववाहन सञ्चालनका लागि निर्देशिका तयार गरी व्यवस्थितरुपमा सञ्चालन गरिने उनको भनाइ छ ।
सम्बन्धित










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया