पर्वतको चिसापानी लेकमा व्यावसायिक चिया खेती सुरु

पर्वत । महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीस्थित चिसापानीको लेकमा चिया खेती सुरु गरिएको छ । सोही गाउँपालिकाको वडा नं ६ फलामखानीमा चियाखेतीको सफल उत्पादन हुन थालेपछि लङ्खुदेउरालीमा पनि विस्तार गर्न थालिएको हो ।
चिसापानी लेकको खाली जमिनमा चियाका बिरुवा रोप्न थालिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए । उनका अनुसार शुरुआतको चरणमा अहिले एक हजार बिरुवा रोपिने भएको छ ।
झण्डै एक दशकदेखि चियाखेती शुरुआत गरिएको फलामखानी र यहाँको हावापानी एकै प्रकृतिको छ । चिसापानी प्रशिद्ध धार्मिक एवं पर्यटकीयस्थलका रुपमा समेत विकास हुँदै गएको छ ।
यस वर्ष परीक्षणका रुपमा एक हजार बोट रोप्न थालिएको र बिरुवा हुर्कंदै गए तथा हावापानी मिले आगामी वर्षदेखि थप विस्तार गर्दै जाने उच्चैले जानकारी दिए । गाउँपालिकाले नियुक्त गरेका स्वयंसेवकलाई नै चियाका बिरुवा रोपणमा खटाइएको छ । उनीहरुले नै फलामखानीदेखि बिरुवा ल्याएर रोप्न थालेका छन् ।
केही दिनमै बिरुवा रोपेर सकिने उच्चैले बताए । फलामखानीमा यस वर्ष झण्डै १२ हजार चियाका बिरुवा तयार गरिएको थियो ।
चिसापानी क्षेत्रमा चियाखेती विस्तारका लागि हजारौं रोपनी क्षेत्रफल खाली भए पनि अहिले परीक्षणका लागि १० रोपनी जग्गामा मात्र बिरुवा रोप्न थालिएको हो । फलामखानीमा ६० हेक्टर क्षेत्रफलमा चिया खेती गरिएको छ ।
उत्पादित बिरुवामध्ये झण्डै १० हजारको सङ्ख्यामा फलामखानीकै विभिन्न क्षेत्रमा खेती विस्तार गर्ने योजनासमेत गाउँपालिकाले बनाएको छ । फलामखानीमा पनि अहिले बिरुवा रोप्ने काम भइरहेको वडाध्यक्ष रामबहादुर सुनारले जानकारी दिए ।
उच्च पहाडी क्षेत्रमा रहेको गाउँपालिकाका सबैजसो वडामा चियाखेतीको सम्भावना छ । गाउँपालिकालाई चियाखेतीबाट आत्मनिर्भर बनाउने उद्देश्यले चिया प्राधिकरण नै बनाएर निजी तथा साझेदारी मा खेती विस्तार गर्नेसमेत गाउँपालिकाको योजना छ ।

















झापा-५ पुगेर प्रधानमन्त्रीले गरिन् मतदान
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
उदयपुरमा गोली चल्दा मतपेटिकामा क्षति
चुनावमा कसैको बहुमत आउँदैन, नयाँ र पुराना भन्ने भाष्य नै गलत छ : प्रचण्ड
अनिवार्य रूपमा मताधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
प्रतिक्रिया