सोमबार, माघ ७, २०८१

राप्रपा अध्यक्ष थापा भन्छन् ‘कांग्रेस राजनीतिको फोहाेरी बाटोमा हिड्यो’

मेरोन्यूज २०७८ भदौ ३ गते ९:२४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले राजनीतिक दल फुटाउन प्रोत्साहित गर्ने कांग्रेसको कदमले अस्थिरता बढाउने निश्चित भएको बताएका छन् ।

Advertisement

आज बिहान ट्वीट गर्दै थापाले सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेलगत्तै एमाले र जसपा फुटेको प्रसंगलाई संकेत गर्दै कांग्रेस फेरि आत्मघाती र राजनीतिको फोहोरी बाटोमा हिँडेको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्, ‘संविधानको धारा ७६ (५) प्रयोग गर्दा सांसद निर्दलीय हुन पाउने सर्वोच्च अदालतको व्याख्या र दल फुटाउन प्रोत्साहित गर्ने अपवित्र (?)गठबन्धन सरकारको अध्यादेशले दलीय प्रणालीलाई कमजोर बनाउने र राजनीतिक अस्थिरता बढाउने निश्चित छ । कांग्रेस फेरि आत्मघाती र फोहरी बाटोमा हिड्यो । यो शुभ संकेत होइन।’

प्रतिक्रिया