इजरायल र नेपालका विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपालको त्रिभुवन विश्वविद्यालय र इजरायलको तेल अविव विश्वविद्यालयबीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा थप सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल÷इजरायलबीच सो समझदारीपत्रमा हस्ताक्षर भएको इजरायलका लागि नेपालकी राजदूत डा अन्जान शाक्यले जानकारी दिए ।
इजरायलको तेल अभिभ विश्वविद्यालय परिसरमा आयोजित संक्षिप्त कार्यक्रमबीच भएको उक्त समझदारीपत्रमा नेपालका तर्फबाट त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसाल र इजरायलका सो विश्वविद्यालयका उपकुलपति प्रा मिलेट समिरले भर्चुअल माध्यमबाट हस्ताक्षर गर्नुभएको थियो ।
शिक्षाध्यक्ष भुसालले मुख्य गरेर विपद् व्यवस्थापनको क्षेत्रमा त्यहाँको विश्वविद्यालयका विज्ञ र यहाँका विश्वविद्यालयका विज्ञबीच अनुभव आदानप्रदानमा सहज हुने अपेक्षा लिएको जानकारी दिए ।
सोही अवसरमा पुल्चोक इञ्जिनियरिङ क्याम्पस र तेल अभिभ विश्वविद्यालयको विपद् व्यवस्थापन विभागबीच यसअघि नै भर्चुअल माध्यमबाट हस्ताक्षर भइसकेको समझदारीपत्रसमेत प्रकाशित गरिएको थियो ।
समझदारीपत्रमा पुल्चोक इञ्जिनियरिङ क्याम्पसका निर्देशक जगतकुमार श्रेष्ठ र तेल विश्वविद्यालयको विपद् व्यवस्थापन विभागका प्रमुख डा बु्ररिया एडिनीले हस्ताक्षर गरेको थियो ।
















सार्वजनिक सम्पत्ति जलाउने अपराधीहरूलाई कारबाही हुर्नैपर्छ : ओली
बङ्गलादेशको आम निर्वाचनमा दुई हजार उम्मेदवारी दर्ता
दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा
दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हानलाई २३ वर्ष कैद
Sharp rise in gold price in domestic market
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
निर्वाचन आचारसंहिता आज रातिदेखि लागू हुँदै
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
प्रतिक्रिया