सभामुखलाई एमाले सांसदको प्रश्न : माधव नेपालमाथीको कारवाही सूचना कहिले आउँछ ?
आफ्नै कार्यकक्षमा भेटन आएका एमाले सांसदलाई सभामुखको जावफ : अध्यन गदैछु पर्खुनस् हेरौं

काठमाडौं । नेकपा एमालेका झण्डै एक दर्जन सांसद सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा पस्छन् । प्रमुख सचेतक विशाल भट्टराईको नेतृत्वको टोलीमा पूर्वगृहमन्त्री तथा सांसद खगराज अधिकारी, कृष्णभक्त पोखरेल, महेश बस्नेत, निरुदेवी पाल, पार्वती गुरुङ, भगवती न्यौपाने, शान्ता गुरुङसहितका सांसद थिए ।
उनीहरुलाई आफनो कार्यकक्षमा स्वागत गदै सभामुखले भने, –बस्नुस बस्नुस !
त्यसपछि एमाले सांसदहरु लहरै सभामुखको कार्यकक्षको सोफामा बसे ।
कुराको सुरुआत गदै खगराज अधिकारीले प्रशन गरे, सभामुख ज्यू माधव नेपाल लगायतलाई कारवाही गर्न एमालेले वुझाएको पत्रमा संसद सचिवालय के गदैछ ? जिज्ञासा लिएर आएको ?
त्यसपछि उनीहरुले आलोपालो माधव नेपाल लगायतका १४ सांसदलाई एमालेले कारवाही गरी संसद सचिवालयमा पदमुक्त गर्न पठाएको पत्रका विषयमा सभामुखको ध्यानाकर्षण गराए ।
एमालेले मंगलवार संसद सचिवालयमा दलको वैठक पछि माधव नेपाल, मुकुन्द न्यौपाने, रामकुमारी झाक्री लगायतका १४ सांसदलाई पार्टी अनुशासन विपरित काम गरेको र दलीय ह्विप सम्म उल्लंघन गरेकोले कारवाही गरिएको पत्र संसद सचिवालयमा दर्ता गराएको थियो ।
साउन २५ को पार्टी केन्द्रीय समितिको निर्णयका आधारमा उनीहरुमाथी कारवाही गरिएको पत्र एमालेले संसद सचिवालयमा दर्ता गराएको थियो । माधव नेपालले एमालेवाट विद्रोह गरी पार्टी विभाजन गर्ने सूइको पाएपछि एमालेले नेपाल सहितका १४ सांसदलाई कारवाही प्रक्रिया अगाडी वढाएको थियो । नेपालले वुधबार नै निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी दल दर्ताको लागि निवेदन दिईसकेका छन् । त्यो अहिले दर्ताको प्रक्रियामा गएको छ ।
त्यसपछि कारवाही तत्काल गर्नुपर्ने माग सहित एमालेका प्रमुख सचेतक विशला भट्टराईको नेतृत्वको टोली सभामुख कार्यकक्षा गएको हो ।
सभामुख भेटन पुगेका नेताहरुले तत्काल एमालेको पत्र अनुसार माधव नेपाल लगायत १४ सांसदलाई कारवाही गर्न दवाव सभामुखमाथी वढाएका हुन् । एमालेको केन्द्रीय समितिले कारबाही गरिसकेको भन्दै त्यसको कार्यान्वयनमा ढिलाइ नगर्न उनीहरुको सभामुखलाई दवाव थियो ।
एक घण्टा जस्तै सभामुखसाग छलफल गरेका एमाले सांसदहरुलाई सभामुख सापकोटाले भने यस विषय अध्ययनकै क्रममा रहेकोले अध्ययनपछि उपयुक्त निर्णय लिने जवाफ फर्काएका थिए ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया