सभामुखलाई एमाले सांसदको प्रश्न : माधव नेपालमाथीको कारवाही सूचना कहिले आउँछ ?
आफ्नै कार्यकक्षमा भेटन आएका एमाले सांसदलाई सभामुखको जावफ : अध्यन गदैछु पर्खुनस् हेरौं

काठमाडौं । नेकपा एमालेका झण्डै एक दर्जन सांसद सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा पस्छन् । प्रमुख सचेतक विशाल भट्टराईको नेतृत्वको टोलीमा पूर्वगृहमन्त्री तथा सांसद खगराज अधिकारी, कृष्णभक्त पोखरेल, महेश बस्नेत, निरुदेवी पाल, पार्वती गुरुङ, भगवती न्यौपाने, शान्ता गुरुङसहितका सांसद थिए ।
उनीहरुलाई आफनो कार्यकक्षमा स्वागत गदै सभामुखले भने, –बस्नुस बस्नुस !
त्यसपछि एमाले सांसदहरु लहरै सभामुखको कार्यकक्षको सोफामा बसे ।
कुराको सुरुआत गदै खगराज अधिकारीले प्रशन गरे, सभामुख ज्यू माधव नेपाल लगायतलाई कारवाही गर्न एमालेले वुझाएको पत्रमा संसद सचिवालय के गदैछ ? जिज्ञासा लिएर आएको ?
त्यसपछि उनीहरुले आलोपालो माधव नेपाल लगायतका १४ सांसदलाई एमालेले कारवाही गरी संसद सचिवालयमा पदमुक्त गर्न पठाएको पत्रका विषयमा सभामुखको ध्यानाकर्षण गराए ।
एमालेले मंगलवार संसद सचिवालयमा दलको वैठक पछि माधव नेपाल, मुकुन्द न्यौपाने, रामकुमारी झाक्री लगायतका १४ सांसदलाई पार्टी अनुशासन विपरित काम गरेको र दलीय ह्विप सम्म उल्लंघन गरेकोले कारवाही गरिएको पत्र संसद सचिवालयमा दर्ता गराएको थियो ।
साउन २५ को पार्टी केन्द्रीय समितिको निर्णयका आधारमा उनीहरुमाथी कारवाही गरिएको पत्र एमालेले संसद सचिवालयमा दर्ता गराएको थियो । माधव नेपालले एमालेवाट विद्रोह गरी पार्टी विभाजन गर्ने सूइको पाएपछि एमालेले नेपाल सहितका १४ सांसदलाई कारवाही प्रक्रिया अगाडी वढाएको थियो । नेपालले वुधबार नै निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी दल दर्ताको लागि निवेदन दिईसकेका छन् । त्यो अहिले दर्ताको प्रक्रियामा गएको छ ।
त्यसपछि कारवाही तत्काल गर्नुपर्ने माग सहित एमालेका प्रमुख सचेतक विशला भट्टराईको नेतृत्वको टोली सभामुख कार्यकक्षा गएको हो ।
सभामुख भेटन पुगेका नेताहरुले तत्काल एमालेको पत्र अनुसार माधव नेपाल लगायत १४ सांसदलाई कारवाही गर्न दवाव सभामुखमाथी वढाएका हुन् । एमालेको केन्द्रीय समितिले कारबाही गरिसकेको भन्दै त्यसको कार्यान्वयनमा ढिलाइ नगर्न उनीहरुको सभामुखलाई दवाव थियो ।
एक घण्टा जस्तै सभामुखसाग छलफल गरेका एमाले सांसदहरुलाई सभामुख सापकोटाले भने यस विषय अध्ययनकै क्रममा रहेकोले अध्ययनपछि उपयुक्त निर्णय लिने जवाफ फर्काएका थिए ।

















काठमाडौँका यी स्थानमा हुँदैछ मतगणना
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
झापामा ६५ प्रतिशत मत खस्यो, आजै रातिदेखि मतगणना
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
करिब ६० प्रतिशत मत खस्यो : निर्वाचन आयोग
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
प्रतिक्रिया