पुल्चोकस्थित अपार्टमेन्टमा कोठीः सञ्चालक सहित ७ जना पक्राउ

काठमाडौं । ललितपुरको पुल्चोकस्थित कान्तिपुर हाइटमा रहेको एक अपार्टमेन्टबाट कोठी (वेश्यालय) सञ्चालन गरेको आरोपमा ७ जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर ललितपुरले मंगलबार (भदौ १) झापा घर भई हाल ढल्कु बस्ने राजेश अग्रवाल, रुकुम घर भई हाल कुमारीगाल बस्ने ललिता विक, बर्दिया घर भई हाल नारायणथान बस्ने सुनील विष्ट, मकवानपुर घर भई हाल पाटन सुन्धारा बस्ने गीता खड्गी, बालाजु बस्ने क्रिष्टिना केसी, सिन्धुपाल्चोक घर भई हाल काडाँघारी बस्ने निर्मला न्यौपाने र पनौतीका प्रतिक कर्माचार्यलाई पक्राउ गरेको हो ।
उक्त अपार्टमेन्टमा भवनबाट कोठी (वेश्यालय) सञ्चालन भइरहेको सूचनापछि मंगलबार साँझ छापा मारेको थियो । केही व्यक्तिले भवन भाडामा लिई युवतीहरुलाई त्यहीँ राखेर लामो समयदेखि यौन व्यवसाय सञ्चालन गर्दै आएका महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
प्रहरीका अनुसार भवनका चारवटा कोठा भाडामा लिएर यौन व्यवसाय सञ्चालन गरेको भेटिएको हो । कोठाबाट यौन सम्पर्कको लागि आएका ग्राहकहरुको ठेगानासहितको लेजरबुक पनि फेला परेको छ । उनीहरुलाई सात दिनको म्याद थप गरी परिसरको हिरासतमा राखिएको छ ।
















रुस–युक्रेन युद्धबारे अबुधाबीमा दुई पक्षबीच वार्ता सुरु
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
प्रतिक्रिया