देशभर नेकपा एमालेको सरकार छ : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभर आफ्नो पार्टीको सरकार रहेको बताएका छन् । भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले केन्द्रमा आफ्नो सरकार नभए पनि देशभर आफ्नो सरकार रहेको बताएका हुन् ।
‘तपाईहरूलाई लाग्दा यो मान्छे सरकारमा नभए पनि किन विकासको कामको कुरा मात्रै गर्छ भन्नु भएको होला,’ अध्यक्ष ओलीले भने, ‘देशभर सबैभन्दा बढी हाम्रो सरकार छ, अहिले १४ हजार ९८ स्थानमा नेकपा एमाले एक्लैको सरकार (जनप्रतिनिधिहरू) रहेका छन्, के यो सरकार होइन र ’
अध्यक्ष ओलीले देश बनाउने सबैभन्दा ठूलो दलको नेताको हैसियतले आफूले सधै विकास र सम्वृद्धिको कुरा गरेको बताए । उनले भने, ‘टुकीमा ग्रहण लाग्छ ? बल्बमा ग्रहण लाग्छ ? लाग्दैन नि !, सूर्यमा ग्रहण लाग्छ, हो, हामीलाई अहिले केही ग्रहण लागेको जस्तै मात्रै भएको हो, अरू केही भएको होइन ।’
यस्तै, उनले एमालेबाट निस्केर नयाँ पार्टीको गठन गरेका माधव नेपालप्रति व्यांग्य गर्दै घिसारिदै नयाँ पार्टी गठन गर्ने अवस्था आएको छ ।















प्रअले छात्रवृत्ति रकम हिनामिना गरेपछि…
काठमाडौंका पूर्व सीडीओ रिजाल पक्राउ
आज कुन फलफूल तथा तरकारी मूल्य कती ?
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया