बिहीबार, जेठ १, २०८२

आफु निकटसँग बामदेव गौतमको भर्चुअल बैठक

‘गल्ती शुरु ओलीले गरे, त्यो नसच्चाउँदा माधवलाई अर्को गल्ती गर्ने बाध्यता भयो’

६५ नेताले दिए वामदेवलाई सुझाव : धेरैजसोले भने - केपी ओलीसँग लड्न सकिन्न

मेरोन्यूज २०७८ भदौ ३ गते १६:१३

काठमाडौं । एमाले विभाजनमा कतै नखुलेका वामदेव गौतमले आफु निकटका नेताहरुको भर्चुअल बैठक गरेका छन् । पार्टी एकता राष्ट्रिय अभियानका नाममा बनाइएको संरचनाको केन्द्रीय समितिमा रहेका नेताहरुसँग गौतमले एमाले विभाजन भएको भोलिपल्टै भर्चुअल छलफल गरेका हुन् ।

‘अव एमाले पनि फुट्यो । केपी ओलीले एउटा चुल्हो बाले, माधव नेपालले अर्काे, हामी अव कुन चुल्हो वाल्न जाने या यसैगरी अलग्गै संरचना बनाएर जाने । यस विषयमा छलफल गर्न बैठक आह्रवान गरिएको हो,’ गौतमले भर्चुअल वैठक शुरुआत गदै भनेका थिए,–‘तपाईहरुका धारणा के छन्, खुलस्त सुझाव दिनुस् ।’

गौतमले यस अगाडी नेकपा (तत्कालिन एमाले र माओवादी एकता) वैधानिक रुपमा एक रहेको वेला देखि नै पार्टी एकता राष्टिय अभियान चलाउने भन्दै केन्द्रीय संरनचना नै बनाएका थिए । गत फागुन ३ मा सर्वाेच्चको फैसलाले एमाले र माओवादी केन्द्र अलग भएपछि उनले एमालेभित्रको एकताका लागि अभियानलाई केन्द्रीत गर्ने जनाएका थिए ।

तर फेरि एमालेपनि फुटेपछि गौतमले आज त्यही एकता राष्टिय अभियानका केन्द्रीय समितिको भर्चुअल वैठक आयोजना गरेका हुन् ।

विहिवार विहान ११ वजेदेखि दिउँसो ३ वजेसम्म आयोजना भएको भर्चुअल वैठकमा गौतमले शुरुमा उक्त कमिटिमा रहेका केन्द्रीय सदस्यहरुको धारणा सुझावका रुपमा लिएका थिए । उक्त कार्यक्रममा ६५ जना नेताहरुले सुझाव राखेको सहभागी एक नेताले मेरोन्यूजलाई जानकारी दिए ।

सुझाव राख्ने क्रममा नेताहरु तीन कित्तामा विभाजित भएका थिए । पहिलो एकता संयोजन समितिलाई अव छुट्टै बनाएर आफनो अस्तित्वमा रहने, दोस्रो अझै पनि एमाले र एमाले समाजवादीको एकता गराउन पहल गर्नुपर्ने र तेस्रो माधव नेपाल समुहमा जानुपर्ने गरी तीन थरी मत वैठकमा नेताहरुले सुझावका रुपमा राखेका थिए ।

तर धेरैजसोले केपी ओलीसँग लडेर नसकिने भन्दै नेपालसँगै मिलेर जानुपर्ने मत वलियो गरी राखेका थिए । ओलीसँग मिलेर जानुपर्छ भन्नेमा वामदेवको उक्त कमिटिमा नगन्य मात्राका नेताहरु देखिएको ति नेताले बताए । नेताहरुको सुझाव सेनपछि बोलेका गौतमले भने यस वारेमा अवको अर्काै छलफल पछि कित्ता स्पष्ट पार्ने जानकारी गराएका थिए ।

‘धेरै अलमलमा बस्नु हुन्न अव अर्काे चरणमा छलफल गरेर हामीले के गर्ने कित्ता स्पष्ट पारेर जाऔला’ गौतमको भनाई उदधृत गदै ति नेताले भने ।

बैठकलाई सम्वोधन गर्ने क्रममा भने गौतमले एमाले विभाजनमा गल्ती केपी ओलीबाट भएको वताएका थिए । ‘गल्ती केपी ओलीबाट शुरु भयो । अव त्यो गल्तीलाई केपी ओलीले सच्चाउन प्रयास गरेको भए हुन्थ्यो । केपी ओलीले गल्ती सच्चाउन नखोज्दा अर्काे गल्ती गर्न माधव नेपाललाई वाध्यता भयो । दुवै पक्षवाट गल्ती भईरहेको छ । कुन पक्षलाई साथ दिएर जाने, या आफै केही गरेर अगाडी वढ्ने भन्ने वारेमा अव अर्काे वैठकमा छलफल गरेर निर्णय लिऔंला,’ गौतमले भनेका थिए ।

प्रतिक्रिया