आफु निकटसँग बामदेव गौतमको भर्चुअल बैठक
‘गल्ती शुरु ओलीले गरे, त्यो नसच्चाउँदा माधवलाई अर्को गल्ती गर्ने बाध्यता भयो’
६५ नेताले दिए वामदेवलाई सुझाव : धेरैजसोले भने - केपी ओलीसँग लड्न सकिन्न

काठमाडौं । एमाले विभाजनमा कतै नखुलेका वामदेव गौतमले आफु निकटका नेताहरुको भर्चुअल बैठक गरेका छन् । पार्टी एकता राष्ट्रिय अभियानका नाममा बनाइएको संरचनाको केन्द्रीय समितिमा रहेका नेताहरुसँग गौतमले एमाले विभाजन भएको भोलिपल्टै भर्चुअल छलफल गरेका हुन् ।
‘अव एमाले पनि फुट्यो । केपी ओलीले एउटा चुल्हो बाले, माधव नेपालले अर्काे, हामी अव कुन चुल्हो वाल्न जाने या यसैगरी अलग्गै संरचना बनाएर जाने । यस विषयमा छलफल गर्न बैठक आह्रवान गरिएको हो,’ गौतमले भर्चुअल वैठक शुरुआत गदै भनेका थिए,–‘तपाईहरुका धारणा के छन्, खुलस्त सुझाव दिनुस् ।’
गौतमले यस अगाडी नेकपा (तत्कालिन एमाले र माओवादी एकता) वैधानिक रुपमा एक रहेको वेला देखि नै पार्टी एकता राष्टिय अभियान चलाउने भन्दै केन्द्रीय संरनचना नै बनाएका थिए । गत फागुन ३ मा सर्वाेच्चको फैसलाले एमाले र माओवादी केन्द्र अलग भएपछि उनले एमालेभित्रको एकताका लागि अभियानलाई केन्द्रीत गर्ने जनाएका थिए ।
तर फेरि एमालेपनि फुटेपछि गौतमले आज त्यही एकता राष्टिय अभियानका केन्द्रीय समितिको भर्चुअल वैठक आयोजना गरेका हुन् ।
विहिवार विहान ११ वजेदेखि दिउँसो ३ वजेसम्म आयोजना भएको भर्चुअल वैठकमा गौतमले शुरुमा उक्त कमिटिमा रहेका केन्द्रीय सदस्यहरुको धारणा सुझावका रुपमा लिएका थिए । उक्त कार्यक्रममा ६५ जना नेताहरुले सुझाव राखेको सहभागी एक नेताले मेरोन्यूजलाई जानकारी दिए ।
सुझाव राख्ने क्रममा नेताहरु तीन कित्तामा विभाजित भएका थिए । पहिलो एकता संयोजन समितिलाई अव छुट्टै बनाएर आफनो अस्तित्वमा रहने, दोस्रो अझै पनि एमाले र एमाले समाजवादीको एकता गराउन पहल गर्नुपर्ने र तेस्रो माधव नेपाल समुहमा जानुपर्ने गरी तीन थरी मत वैठकमा नेताहरुले सुझावका रुपमा राखेका थिए ।
तर धेरैजसोले केपी ओलीसँग लडेर नसकिने भन्दै नेपालसँगै मिलेर जानुपर्ने मत वलियो गरी राखेका थिए । ओलीसँग मिलेर जानुपर्छ भन्नेमा वामदेवको उक्त कमिटिमा नगन्य मात्राका नेताहरु देखिएको ति नेताले बताए । नेताहरुको सुझाव सेनपछि बोलेका गौतमले भने यस वारेमा अवको अर्काै छलफल पछि कित्ता स्पष्ट पार्ने जानकारी गराएका थिए ।
‘धेरै अलमलमा बस्नु हुन्न अव अर्काे चरणमा छलफल गरेर हामीले के गर्ने कित्ता स्पष्ट पारेर जाऔला’ गौतमको भनाई उदधृत गदै ति नेताले भने ।
बैठकलाई सम्वोधन गर्ने क्रममा भने गौतमले एमाले विभाजनमा गल्ती केपी ओलीबाट भएको वताएका थिए । ‘गल्ती केपी ओलीबाट शुरु भयो । अव त्यो गल्तीलाई केपी ओलीले सच्चाउन प्रयास गरेको भए हुन्थ्यो । केपी ओलीले गल्ती सच्चाउन नखोज्दा अर्काे गल्ती गर्न माधव नेपाललाई वाध्यता भयो । दुवै पक्षवाट गल्ती भईरहेको छ । कुन पक्षलाई साथ दिएर जाने, या आफै केही गरेर अगाडी वढ्ने भन्ने वारेमा अव अर्काे वैठकमा छलफल गरेर निर्णय लिऔंला,’ गौतमले भनेका थिए ।
















HoR elections: all-party meeting held
आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट
28 days to HoR elections: election campaign expenses mandatory through bank accounts
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बालेनलाई आयोगले दोस्रोपटक सोध्यो स्पष्टीकरण, २९ लाई साेधेकाेमा १४ जनाले मात्रै दिए जवाफ
प्रतिक्रिया