दमकका तीन साहित्यकारलाई ‘भारतीय अवार्ड’

दमक । दमकका तीन साहित्यकार ‘भारतीय साहित्य अवार्ड’बाट पुरस्कृत भएका छन् । अङ्ग्रेजी साहित्यको नयाँ आयाम साइनोका प्रतिपादक मानिने दमकका खेमलाल पोखरेलसहित तोयानाथ चापागाईँ र विष्णुप्रसाद भट्टराई सो अवार्डबाट पुरस्कृत हुनुभएको हो ।
विश्व अङ्ग्रेजी साहित्यमा विशेष योगदान पुरयाएवापत उनीहरुलाई भारतको ७५औँ स्वतन्त्रता साहित्य अवार्ड प्रदान गरिएको जनाइएको छ । दिवसका उपलक्ष्यमा विश्व अङ्ग्रेजी साहित्यकारहरूको छाता संस्था मोटिभिसनल स्ट्रिप्स र गुजरात साहित्य एकाडेमीले संयुक्तरूपमा सो अवार्ड प्रदान गरेको हो ।
अवार्ड पाउने छ अङ्ग्रेजी साहित्यकार नेपालीमा कृष्ण चाम्लिङ, तुलसी श्रेष्ठ र हुम आले छन् । अवार्ड बर्सेनि भारत स्वतन्त्रता दिवसका सन्दर्भमा आयोजक संस्था मोटिभिसनल स्ट्रिपका संस्थापक सिजु एच पालिथाजेथ र गुजरात साहित्य एकाडेमीका संस्थापक डा विष्णु पाण्डेयले वितरण गर्दै आएका छन् ।
















युएइमा इरानी मिसाइल र ड्रोन आक्रमण : ३ जना घाइते
विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल
मौसम पूर्वानुमान: आज यी प्रदेशमा वर्षाको सम्भावना
आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया