टिकापुरका कांग्रेस सभापति २७ दिनदेखी धर्नामा

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्याता वितरणको विवाद बिभिन्न जिल्लामा अझै समाधान हुन सकेको छैन । क्रियाशील सदस्यता छानबिन समितिलाई दिएको समयमा क्रियाशील सदस्यताको विवाद नटुङ्गाउँदा यसले काँग्रेस वृत्तमा आक्रोश उत्पन्न गरेको छ ।
कैलालीमा पनि क्रियाशील सदस्याता सम्बन्धि विवाद देखिएको छ । कैलालीको निर्वाचन क्षेत्र नम्बर १ मा क्रियाशील सदस्यता सम्बन्धि विवाद देखिएको हो । कैलालीको टिकापुर नगरपालिका वडा नम्बर १ मा क्रियाशील सदस्यता वितरणमा मनोमानी भएको भन्दै क्षेत्रीय सभापति विगत २७ दिनदेखि धर्ना बसिरहेका छन् । कैलाली क्षेत्र नम्बर १ का सभापति भुवनेश्वर अधिकारीसहितका नेताहरू विधिविपरीत वितरण गरिएको क्रियाशील सदस्यता वितरण सच्याउनु पर्ने माग गर्दै धर्नामा बसेका छन् । टीकापुर नगरपालिका–१ मा पाँच सय ८१ जनालाई क्रियाशील सदस्यता वितरण गरिएको बताइएको छ ।
क्षेत्रिय सभापति अधिकारीले पाँच सय ८१ जनालाई अवेधानिक तरिकाले क्रियाशील सदस्यता बनाएको बताए । उनले विधान अनुसार क्षेत्रिय सभापतिले इन्ट्री गरेर मात्र केन्द्रमा नाम आउनु पर्ने हो तर आफूलाई थाहा नदिई इन्ट्री गरेको बताए ।
उनले भने, ‘२७ दिनदेखि धर्ना जारी छ । टिकापुर नगरपालिकाका पाँच सय ८१ जनाको क्रियाशील सदस्यता अवैधानिक तरिकाले केन्द्रमा आएको छ । क्रियाशील सदस्यताको फराम वडा, नगर हुँदै क्षेत्रमा आउनु पर्छ । तर, क्षेत्रमा नआएर सिधैं केन्द्रमा आएको छ । प्रक्रिया नपुगाइ आएकाले क्षेत्रिय सभापतिको नाताले मैलै इन्ट्री गरेको छैन । केन्द्रमा पठाएको पाँच सय ८१ जनाको नाम मलाई थाहा छैन । क्रियाशील सदस्यता वाफतको दस्तुर पनि आएको छैन ।’ उनले शक्तिको दुरुपयोग गरेर चोरबाटोबाट क्रियाशील सदस्यता वितरण गरेको बताए ।
उनले भने, ‘शक्तिको दुरुपयोग गरेर चोरबाटोबाट क्रियाशील सदस्यता वितरण भएको छ । पाँच सय ८१ जनालाई चोरबाटोबाट क्रियाशील सदस्यता वितरण गरेको छ । हामी २४÷२५ जना केन्द्रीय पार्टी कार्यालयमा आएर धर्ना दिइरहेका छौं । महासमिति सदस्य, पूर्व सांसद, पूर्व मन्त्रहिरु सबै धर्नामा हुनुहुन्छ । हाम्रा माग सम्बोधन नभए पार्टीको महाधिवेशनमा सहभागी हुँदैनौं र धर्ना पनि जारी राख्ने छौं ।’ सुरुमा कैलाली क्षेत्र नम्बर २ मा विवाद देखिएपनि अहिले त्यहाँ विवाद समाधान भइसकेको बताइएको छ ।
छानबिन समितिले पार्टी सभापति शेर बहादुर देउवालाई प्रतिवेदन बुझाउदै बाँकी रहेको विवाद केन्द्रीय कमिटी बैठकबाट टुङ्गोमा लगाउन आग्रह गरेको थियो । तर, केन्दीय कमिटीबाट पनि टुङ्गो लगाउन सकेन । पुनः विवाद समाधान गर्न पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा मिनेन्द्र रिजाल र रमेश लेखकलाई जिम्मेवारी दिएको छ । उनीहरुलाई भदौ ३ गतेभित्र विवाद समाधान गर्न निर्देशन दिइएको छ ।
कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिले साउन १२ गते सभापतिलाई प्रतिवेदन बुझाएको थियो । क्रियाशील सदस्यता विवाद देखिएका धनुषा क्षेत्र ४, सर्लाही क्षेत्र २ बारा र सप्तरीका नयाँ क्रियाशील सदस्यहरुको बारेमा पार्टी नेतृत्वले टुंग्याउनुपर्ने समितिले भनेको थियो । यी जिल्लाका पार्टी नेता तथा कार्यकर्ता पार्टी कार्यालयमा धर्नामा बसेका छन् ।

















कांग्रेस सभापति थापाले मतदानपछि भने-‘निर्वाचनले संविधान ‘ट्रयाक’मा आयाे’
२ घण्टामै देशभर ८ लाख ५० हजारभन्दा बढीद्वारा मतदान
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
झापा-५ पुगेर प्रधानमन्त्रीले गरिन् मतदान
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
प्रतिक्रिया