अध्यादेशविरुद्ध सर्वोच्चमा ६ वटा रिट दर्ता

काठमाडौं । दल विभाजन सम्बन्धि अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा ६ वटा रिट दर्ता भएका छन्। बिहीबार सर्वोच्चमा अधिवक्ता अर्जुनकुमार अर्याल र सकुन्तला भुसाल, अधिवक्ता निकेशकुमार लम्साल र अनुपा अर्याल, अधिवक्ता प्रवेश केसी, अधिवक्ता श्रीकान्त बराल, अधिवक्ता दलबहादुर धामी र अधिवक्ता सरोज बुढाथोकी र आशिष श्रेठले छुट्टाछुट्टै रिट दर्ता गराएका छन् ।
सरकारले बुधबार राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको थियो । अध्यादेश आएके दिन नेकपा एमालेका माधव कुमार नेपालले पार्टी विभाजन गरी एमाले समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गरेका छन् भने जनता समाजवादी पार्टी जसपाका महन्थ ठाकुरले जसपा लोकतान्त्रिक पार्टी दर्ता गराएका छन् ।
कानुन व्यवसायीहरुले सरकारले ल्याएको अध्यादेश संविधान विपरीत भएको भन्दै खारेज गर्न र अध्यादेश ल्याएपछि भएका दल दर्ता पनि खारेज गर्न आदेश माग गरेका छन् । यी रिटमाथि भदौ ११ गतेका लागि पेशी तोकिएको छ ।















प्रअले छात्रवृत्ति रकम हिनामिना गरेपछि…
काठमाडौंका पूर्व सीडीओ रिजाल पक्राउ
आज कुन फलफूल तथा तरकारी मूल्य कती ?
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया