ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप सहयोग
मेरोन्यूज
२०७८ भदौ ४ गते ८:३५

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप सहयोग गरेको छ । बाढी प्रभावित भई ‘क’ वर्गमा परेका घरका ज्येष्ठ सदस्यलाई सम्मान गरिएको नगरपालिकाका उपप्रमुख भगवती नेपालले जानकारी दिइन् ।
नगरभित्रका प्रभावित १३० ज्येष्ठ नागरिकलाई कम्बल, टर्च लाइट र अन्य पोषिलो खानेकुरा सहयोग गरिएको नगरस्तरीय ज्येष्ठ नागरिक सञ्जालका अध्यक्ष एकादत्त धितालले जानकारी दिए ।
उपप्रमुख नेपालले बाढीबाट प्रभावितमध्ये पनि ज्येष्ठ नागरिकलाई बढी समस्या हुने गरेकाले केही राहतस्वरुप सहयोग गरिएको बताइन् । बिहीबारबाट सुरु भएको सहयोग कार्यक्रम आइतबारसम्म चल्ने छ ।
सम्बन्धित















युवा संघको अध्यक्ष बने महाराज गुरुङ
President Paudel embarking on official visit to Japan on February 1
अबको परिवर्तन नयाँ पुस्ताको सुनिश्चित भविष्यको लागि : उपेन्द्र यादव
अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगतिः पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार विमान दुर्घटना,अवस्था गम्भीर
प्रतिक्रिया