नेपाललाई पार्टी फुटाउन २० प्रतिशत पुर्याउन नदिने रणनीतिमा ओली
काठमाडौं । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई नयाँ दलमा नजान आग्रह गरिरहेका छन् । उनले पार्टी मिलाएरै जाने हो भन्दै चोइटिएर नजान आग्रह गर्दै पार्टी मिलाउने वचन दिइरहेका छन् ।
अध्यक्ष ओलीले पार्टीभित्र कुनैपनि स्थान नदिएको भन्दै वरिष्ठ नेता नेपालले निर्वाचन आयोगमा नयाँ दल दर्ताको लागि निवदेन दिएपनि नेपाल समूहकै दोस्रो पुस्ताका नेताहरुले उनलाई साथ दिएनन । एमाले सचिव समेत रहेका भीम आचार्यले पार्टीभित्र अन्तरसंघर्ष गर्ने निर्णयमा नेपाल असहमत भई नयाँ दल दर्ता गर्न गएपछि आफूहरु बाहिर बसेको बताए । उनका अनुसार तत्काललाई विचार फरक परेको समेत दावी गरे ।
उनी सहित नेपाल पक्षका बहुमत स्थायी कमिटी सदस्यहरुले ओलीलाई १० बुँदे कार्यान्वयनको ग्यारेण्टी गर्न र माधवकुमार नेपाललाई निर्णय सच्याउन आग्रह गरेका छन् । ‘ हामीले पार्टीको विवाद मिलाएर जानुपर्छ भन्दै असार २७ गते भएको १० बुँदे सहमति कार्यान्वयन गर्न ओलीलाई आग्रह गर्ने र माधव नेपाललाई निर्णय फिर्ता लिन आग्रह गर्ने निर्णय गरेका छौं’, आचार्यले भने ।
नेपाल समूहमा रहेका तर नेकपा एमाले समाजवादी पार्टीमा नगएका नेताहरुले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न माग गरेका हुन् । नेपाल समूहमा रहेका स्थायी कमिटी सदस्यहरुबीच बिहीबार भएको छलफलमा नेताहरुले सहमतिको अक्षरशः कार्यान्वयनमा जोड दिएपछि ओलीले पनि कार्यान्वयन गर्ने संकेत गरेको एक नेताले बताए ।
२७ असारमा भएको १० बुँदे सहमतिको माइन्यूटमा त्यसलाई कसरी अगाडि बढाउने भन्ने उल्लेख छ । तर अध्यक्ष ओली पक्षले आफ्नो पक्ष मात्र बसेर सहमति अनुमोदन गरेको थियो । त्यही कारण नेपाल समूह बैठकमा गएकै छैन । स्थायी कमिटीका एक सदस्यका अनुसार १० बुँदे अक्षरस कार्यान्वयन नहुँदासम्म बैठकमा नजाने सहमति भएको छ ।
साथै १० बुँदेको अक्षरस कार्यान्वयन भएर सबै एडजस्टमेन्ट हुँदा अर्को पार्टी बनाउनुको औचित्य नहुने भन्दै एकतामा आउन नेपाललाई समेत अपील गर्नेछन् । विहिबार दिउँसो भीम रावल, युवराज ज्ञवाली, अमृत बोहोरा, सुरेन्द्र पाण्डे, घनश्याम भूषाल, गोकर्ण विष्ट, रघु पन्त तथा योगेश भट्टराईले सो निर्णय गरेका हुन् । अष्टलक्ष्मी शाक्य भने हेटौंडाबाट आउन ढिला भएका कारण बैठकमा सहभागी हुन सकेकी थिइनन् ।
नेपाल पक्षका एकतापक्षधर नेताहरुले ओलीसँग सहमति भए नेपालले दल दर्ताको निर्णय जसरी पनि फिर्ता गर्नु बताएका छन् । उनीहरुले निर्णय फिर्ता नभए २०३ केन्द्रीय सदस्यमा २० प्रतिशत पनि नपुग्ने उनीहरुको दाबी छ । अहिलेनै नेपाललाई ३७ केन्द्रीय सदस्यले साथ दिएका छैनन । बिहिबार दिउँसो ओलीले पनि पार्टी मिलाउने संकेत गर्दै नेपालको दल दर्ता समेत नहुने बताएका थिए ।
हामीले चाहँदा २० प्रतिशत संख्या अपुग हुनसक्छ’, ओलीले भनेका थिए । एकतापक्षधर नेपाल पक्षका नेताहरुले पनि ओलीले १० बुँदे सहमति अक्षरस पालाना भए नेपाल पनि पार्टीमा फर्कने संभावना हुने र नफर्के पार्टीका केन्द्रीय सदस्यको संख्या न्यून हुने दाबी गर्दै आएका छन् । यससँगै ओलीले नेपाललाइ नयाँ पार्टी गठनका लागि आवश्यक २० प्रतिशत पुग्न नदिन आवश्यक रणनीति बनाईरहेका छन् । एकता पक्षधर नेताहरुसँग सम्झौतामा सक्दो लचकता अपनाएर भएपनी नेपाललाई आवश्यक संख्या पुर्याउन नदिने नीति ओलीले अख्तियार गर्न लागेको उनि निकट नेताहरुको भनाई छ ।
एमालेमा को कता ? (२ जेठ, २०७५ अघिसम्म)
संस्थापन पक्ष (केपी ओली) जम्माः १०५
केपी ओली, ईश्वर पोखरेल, विष्णु पौडेल, पृथ्बीसुब्बा गुरुङ, प्रदिप ज्ञवाली, सुबास नेम्बाङ, किरण गुरुङ, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, शंकर पोखरेल, रघुवीर महासेठ, विष्णु रिमाल, गणेश पहाडी, केशव बडाल, काशिनाथ अधिकारी, थममाया थापामगर, विन्दा पाण्डे, भानुभक्त ढकाल, महेन्द्र पाण्डे, यमलाल कँडेल, राधा ज्ञवाली, लालबाबु पण्डित, कर्णबहादुर थापा, गोकूल घर्तिमगर, गोरख बोगटी, जगत विश्वकर्मा, दलबहादुर राना, युवराज कार्की, अग्नि खरेल, शेरधन राई, ईश्वरी रिजाल, एकराज विश्वकर्मा, कमलादेवी महतो, खगेन्द्र राई, खिमलाल भट्टराई, खेममान खड्का, गणेश सिंह ठगुन्ना, गोमा देवकोटा, जगदिशप्रसाद कुसियत, डम्बरसिंह सम्बाहम्फे, नजिर मियाँ, पदमा अर्याल, पार्वत गुरुङ, बलवीरप्रसाद चौधरी, बैजनाथ चौधरी, बोमबहादुर विश्वकर्मा, भैरबसुन्दर श्रेष्ठ, महेश्वर पाठक, मायानाथ अधिकारी, राजन भट्टराई, लालबहादुर थापा, लिला गिरी, लिलानाथ श्रेष्ठ, शेरबहादुर तामाङ, सिराज अहमद फारुकी, सोम मिश्र सुजिता शाक्य, सूर्य पाठक, सुशीला नेपाल, हिक्मत कार्की, ज्ञानबहादुर भुजेल, कृष्णगोपाल श्रेष्ठ, जया घिमिरे, देवराज घिमिरे, विजय सुब्बा, सुमन प्याकुरेल, रघुवीर महासेठ, रामदयाल मण्डल, गंगा यादव, लालबाबु यादव, हरिनारायण महत्तो, प्रमोदनारायण यादव, किशोर अधिकारी, खेमप्रसाद लोहनी, गुलाबजंग शाह, गोबिन्दबहादुर नेपाली, तिलक महत, तैयवहुसेन, तिलबहादुर विक, पुरनसिंह दयाल, विना श्रेष्ठ, भगवती चौधरी, भूपेन्द्र थापा, भैरबहादुर सिंह, मना केसी, माधव ढुंगेल, मोहन बानियाँ, रामरती राम, रामशरण बस्नेत, लक्ष्मी पोखरेल, विशाल भट्टराई, रबिन्द्र बैठा, सिता सुन्दास, मानबहादुर जिसी, रुपनारायण श्रेष्ठ, नारदमुणी राना, मञ्जु चौधरी, हरि राजवंशी, सरोज यादव, महम्मुद हारुन, जुली महत्तो, शान्ता चौधरी, कपिलदेव पोखरेल, डा. शिवमाया तुम्बाहम्फे, पुष्प कँडेल
विभाजित नेपाल समूह :
नेपाललाई साथ दिएका केन्द्रीय सदस्य (५४ जना)
माधवकुमार नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, डा बेदुराम भुसाल, प्रमेशकुमार हमाल, राजेन्द्रप्रसाद पाण्डे, डा। विजयकुमार पौडेल, गंगालाल तुलाधर, प्रकाश ज्वाला, नागेन्द्रप्रसाद चौधरी, जयन्ती राई, तुलबहादुर गुरुङ, जगन्नाथ खतिवडा प्रतापलाल श्रेष्ठ, जीवनराम श्रेष्ठ, धर्मनाथप्रसाद साह, रामप्रित पासवान, रामचन्द्र यादव, यदुवंश झा, रत्नेश्वरप्रसाद गोईत यादव, रबिन्द्र बैठा धोबी, लक्ष्मण पौडेल, मदनकुमारी शाह९गरिमा०, देवशंकर पौडेल, बिरोध खतिवडा, मेटमणी चौधरी, विश्वनाथ प्याकुरेल, प्रेमलकुमार खनाल, विजय गुरुङ, सावित्रा भुषाल, रामकुमारी झाँक्री, गौरा प्रसाईं कोइराला, रामकुमार ज्ञवाली, खगेन्द्र चुडाल, सरलाकुमारी यादव, सुधिरप्रसाद साह, कल्याणीकुमारी खड्का, शत्रुधन महतो, रामचन्द्र साह, दिनेशकुमार राई, हंशबहादुर शाही, शेरबहादुर केसी, निरादेवी जैरु, प्रेमबहादुर आले, भागवत नेपाली, चुडामणी जंगली, घनेन्द्र बस्नेत, राजेन्द्रकुमार राई, बलदेव चौधरी, डा। देउमान सम्बाहम्फे, भाष्कर काफ्ले, रविन कोइराला, महम्मुद महफुज अन्सारी, श्रीनाथ बराल,
एकताका दबाबमा रहेका
भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, अमृत बोहोरा, युवराज ज्ञवाली, परशुराममेघी गुरुङ, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, गोकर्ण विष्ट, भीम आचार्य, हरि राई, सोमप्रसाद पाण्डे, माधव अर्याल, झपट रावल, टंक कार्की, अरुण नेपाल, सुरेन्द्र मानन्धर, ठाकुर गैरे, ममता गिरी, जिवन घिमिरे, निरज आचार्य, माधव अर्याल, यज्ञराज सुनुवार, पवित्रा निरौला खरेल, राजबहादुर बुढा, केदार न्यौपाने, धर्मराज निरौला, रचना खड्का, श्रीप्रसाद साह, कृष्णप्रसाद खनाल, भानुभक्त जोशी
रिक्त रहेका
विद्या भण्डारी–राष्ट्रपति, गणेश तिमल्सिना–राष्ट्रियसभा अध्यक्ष, सिता पौडेल–प्रदेश प्रमुख, धर्मनाथ यादव–प्रदेश प्रमुख, सोमनाथ प्यासी–प्रदेश प्रमुख, सानुकुमार श्रेष्ठ–प्रदेश सभामुख, रबिन्द्र अधिकारी–निधन, रामनाथ ढकाल–निधन, दिनेशचन्द्र यादव–निधन, महिन सुब्बा लिम्बु–निधन, राधाकृष्ण मैनाली–कारवाही, प्रल्हाद गिरी–कारवाही, पशुपती चौंलागाई–निधनं, योगनारायण यादव–निधन
नेपालको नयाँ पार्टीको केन्द्रीय कमिटीमा थपिएका केन्द्रीय सदस्यहरु (३७ जना)
केशवलाल श्रेष्ठ, नरेश खरेल, चन्द्रबहादु शाही, दिलकुमारी पन्त, बलराम बाँस्कोटा, बसन्तप्रसाद मानन्धर, महेश रेग्मी, सारदाप्रसाद सुबेदी, गोबिन्द कोइराला, सुरेश कार्की, पुरुषोत्तम पौडेल, उर्वादत्त पन्त, दलबहादुर राना, गणेश काङमाङ, प्रभा बज्राचार्य, मुनु सिग्देल, उषा पोखरेल, रमा आलेमगर, रिता रावल, माया भट्ट, पूर्णा जोशी, विद्या चामलिङ, रेखा थापा बश्याल, शर्मिलादेवी पौडेल क्षेत्री, राजेन्द्रलक्ष्मी गैरे, अनारकली मियाँ, देवी ओली, नन्दा शर्मा चपाईं, दुर्गा परियार, कौशिला सिंह, यमुना भुषाल, उदया शर्मा, आशा यादव, गोमा विष्ट, सिता बस्याल, विभा कार्की रहेका छन् । यो संख्यालाई निर्वाचन आयोगले मान्यता दिदैन ।
प्रतिक्रिया