सभामुख सापकोटाकाे च्याम्बर एमाले सांसदले गरे घेराउ
काठमाडौं । नेकपा एमालेका सांसदहरुले सभामुखको च्याम्बरमा घेराउ गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पार्टीले कारबाही गरेका सांसदलाई पदमुक्त गर्न माग गर्दै एमाले सांसदहरुले कारबाही प्रक्रिया अघि बढाउन दवाव दिँदै घेराउ गरेका हुन् ।
बिहीबार एमालेका नेता तथा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई तथा सचेतक शान्ता चौधरी, महेश बस्नेतले सभामुख अग्नीप्रसाद सापकोटालाई पार्टीले कारबाही गरेका सांसदलाई चाँडो भन्दा चाँडो पदमुक्त गनदबाब दिएका थिए ।
गत,भदौ १ गते एमालेले माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, मेटमणि चौधरीसहित १४ जनालाई सांसद पदबाट हटाउने निर्णय गर्दै संसद सचिवालयमा पत्र पठाएको थियो ।
तर,एमालेको उक्त कारवाही अवैधानिक भन्दै माधव नेपालसहितका नेताहरुले भदौ २ गते उक्त पत्र अघि नबढाउन सचिवालयमा अर्को पत्र पठाए पनि दर्ता भएको थिएन ।
प्रतिक्रिया