प्रचण्डलाई भाइरल ज्वरो,भेटघाट कार्यक्रम सवै स्थगित
मेरोन्यूज
२०७८ भदौ ४ गते १७:२४
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भाइरल ज्व्रोले समातेको छ । उनलाई रुघा, खोकी, ज्वरो देखिएपछि घरमै आराम गरी वसेको प्रचण्डको सचिवालयले जनाएको छ ।
विहिवार देखि नै प्रचण्डले अलिक असहज महसुस गरिरहेका थिए । अस्वस्थ्य भएपछि उनले भेटघाट र अन्य राजनीतिक कार्यक्रम सवै स्थगित गरेर घरमै आराम गरिरहेका छन् ।
ज्व्रो, रुघा खोकी जस्ता लक्षण देखिएपछि उनको कोरोना परिक्षण समेत आजै गरिएको थियो । तर रिपोर्ट नेगेटिभ आएको सचिवालयले जनाएको छ ।
परिक्षण गरेका चिकित्सिकले भाइरल ज्वरो आएको बताएपछि सामान्य औषधी खाएर उनी घरमै आराम गरेर बसेका छन् ।
सम्बन्धित
प्रतिक्रिया