वैधानिक रुपमा दल दर्ता भए केन्द्रीय कमिटी थपिन्छ : अध्यक्ष नेपाल

काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टीको केन्द्रीय कमिटीमा साविकको एमालेको केन्द्रीय कमिटीमा रहेकालाई मात्र राखेको बताएका छन् ।
उनले शुक्रबार सामाजिक सञ्जालमार्फत तत्काललाई साविकको एमाले केन्द्रीय कमिटीमा रहेका र विद्रोहको पक्षमा हस्ताक्षर गरेका नेतालाई एकीकृत समाजवादी पार्टीको केन्द्रीय सदस्यमा राखेको बताए ।
उनले लेखेका छन्, “हाललाई हामीले साविक नेकपा (एमाले) केन्द्रीय कमिटीमा रहनुभएका र विद्रोहको पक्षमा हस्ताक्षर गर्नुभएका कमरेडहरु, २०७५ जेष्ठ ३ गते पार्टी एकता गर्ने बेला हाम्रो तर्फबाट थपिनुभएका कमरेडहरु, पहिले नै केन्द्रीय कमिटीमा रहिसकेका कमरेडहरु, संघीय संसदका सांसद कमरेडहरु एवम् वैधानिक प्रावधान अनुसार पुर्यउनु पर्ने महिला कमरेडहरुलाई समावेश गरी केन्द्रीय कमिटी प्रस्ताव गरेका छौँ ।”
उनले दलको दर्ता वैधानिक रुपमा पूरा भए राष्ट्रिय भेला/सम्मेलन गरी अहिले समावेश गर्न नसकेका नेताहरुलाई समावेश गरी केन्द्रीय कमिटीलाई पूर्णता दिने बताए । उनले एकताको ढोका बन्द भएपछि विद्रोह गर्नुपरेको बताए ।
उनले भने, “एकताका सबै ढोका बन्द गर्दै हाम्रै पहलमा लोकप्रिय बनेको नेपालको कम्युनिष्ट पार्टीलाई कब्जा, बद्नाम एवम् समाप्त पार्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्दै हामीले नेकपा (एमाले)को पुनर्गठन गरी नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ गठन गरेका छौं । नेपाली जनताले कम्युनिष्ट पार्टी र आन्दोलन मार्फत चाहेको सँस्कृति एवम समृद्धिको लागि सम्पूर्ण न्यायप्रेमी जनताबाट सकारात्मक सहयोगको अपेक्षा गर्दछौँ ।”
नेपालले बुधबार एमालेलाई विभाजन गरेर आफ्नो नेतृत्वमा नयाँ दल दर्ता गरेका छन् ।
















काठमाडौंका पूर्वसीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न आदेश
श्रीलङ्कामा भ्रष्टाचार नियन्त्रणमा प्रविधिको प्रयोग
कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
प्रतिक्रिया