पार्टी एकतामा फर्किन नेपाललाई एमाले नेताको आग्रह
काठमाडौं । नेकपा एमाले नेताहरुले माधव कुमार नेपाललाई पार्टी एकतामा फर्किन आग्रह गरेका छन् । शुक्रबार केन्द्रीय सदस्य र सांसदहरुको छलफलमा उनीहरुले १० बुँदे सहमतिको कार्यान्वयनमा जोड दिँदै नेपाललाई पार्टी दर्ताबाट पछाडि हट्न आग्रह गरेका हुन् ।
एमाले विभाजनमा नेपाललाई साथ नदिएका नेताहरुले दल विभाजन सम्बन्धि ल्याएको अध्यादेशको पनि विरोध गर्ने निर्णय गरेका छन् । छलफलबाट उनीहरुले एमाले विभाजनबाट रोक्न अध्यक्ष केपी ओली पनि लचक र जिम्मेवार हुनपर्ने उनीहरुले निष्कर्ष निकालेका छन् ।
यस्तै छलफलले एकता प्रयास जारी राख्ने, दल विभाजन अध्यादेशको विरोध गर्ने, १० बुँदे सहमति कार्यान्वयनमा जोड दिने, माधव नेपालसहित १४ जनामाथिको कारबाहीलाई फिर्ता लिन आग्रह गर्ने र दल दर्ताबाट माधव नेपाललाई फिर्ता हुने आग्रह गर्ने निर्णय गरेको बताइएको छ । छलफलमा ५७ जना केन्द्रीय कमिटी सदस्य र सांसद उपस्थित रहेको बताइएको छ ।
प्रतिक्रिया