पार्टी एकतामा फर्किन नेपाललाई एमाले नेताको आग्रह

काठमाडौं । नेकपा एमाले नेताहरुले माधव कुमार नेपाललाई पार्टी एकतामा फर्किन आग्रह गरेका छन् । शुक्रबार केन्द्रीय सदस्य र सांसदहरुको छलफलमा उनीहरुले १० बुँदे सहमतिको कार्यान्वयनमा जोड दिँदै नेपाललाई पार्टी दर्ताबाट पछाडि हट्न आग्रह गरेका हुन् ।
एमाले विभाजनमा नेपाललाई साथ नदिएका नेताहरुले दल विभाजन सम्बन्धि ल्याएको अध्यादेशको पनि विरोध गर्ने निर्णय गरेका छन् । छलफलबाट उनीहरुले एमाले विभाजनबाट रोक्न अध्यक्ष केपी ओली पनि लचक र जिम्मेवार हुनपर्ने उनीहरुले निष्कर्ष निकालेका छन् ।
यस्तै छलफलले एकता प्रयास जारी राख्ने, दल विभाजन अध्यादेशको विरोध गर्ने, १० बुँदे सहमति कार्यान्वयनमा जोड दिने, माधव नेपालसहित १४ जनामाथिको कारबाहीलाई फिर्ता लिन आग्रह गर्ने र दल दर्ताबाट माधव नेपाललाई फिर्ता हुने आग्रह गर्ने निर्णय गरेको बताइएको छ । छलफलमा ५७ जना केन्द्रीय कमिटी सदस्य र सांसद उपस्थित रहेको बताइएको छ ।
















यस्तो छ आज फलफूल तथा तरकारीकाे मूल्य
चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते
संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया