आइतबार, फागुन ३, २०८२

मेरोन्यूज समाचार प्रभाव : गृह मन्त्रालयमा कांग्रेस नेताको फोटो हटाएर राष्ट्रपतिको फोटो पुनः राखियो

मेरोन्यूज २०७८ भदौ ४ गते १९:५७

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन तथा गृहमन्त्री बालकृकष्ण खाँण बनेलगत्तै गृह मन्त्रालयमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर नेपाली कांग्रेसका नेताको फोटो राखिएको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

गृह मन्त्रालयमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर कांग्रेसका नेताको फोटो राखेको विषयमा गत साउन ३२ गते मेरोन्यूजले गृह मन्त्रालयमा राष्ट्रपतिको फोटो हटाएर कांग्रेस नेताको फोटो राखियो समाचार लेखेको थियो । उक्त समाचारपछि गृहमन्त्रीकाे साे कमदबारे चाैतर्फी आलोचना भएको थियो । आलोचनापछि गृह मन्त्रालयले कांग्रेस नेताहरुका फोटो हटाएर पुनः राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राखेको छ । मन्त्रालयमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्ने प्रचलन रहँदै आएको थियो ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा प्रधानमन्त्री भएपछि राष्ट्रपतिको फोटो हटाएर राष्ट्रिय निशान छाप राखेका थिए । यससँगै गृह मन्त्रालयले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री देउवाको फोटो हटाएर कांग्रेसका स्वर्गीय नेता विपी कोराला, कृष्ण प्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजा प्रसाद कोइराला, शुशिल कोरालालगायतको फोटो राखिएको थियो ।

यसअघि मन्त्रालयको भेटघाट कक्षमा राष्ट्रपति र प्रधानमन्त्रीका फोटो राखिदै आए पनि कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री भएपछि राष्ट्रपतिको फोटो हटाएर कांग्रेसका नेताहरुको फोटो राखिएको विषय मेराेन्यूजमा प्रकाशित भएसँगै आफुहरुलाई राष्ट्रपति कार्यालयदेखि प्रधानमन्त्री कार्यालयसम्मबाट सोधखोज भएको गृहमन्त्रीकाे सचिवालयका एक सदस्यले बताए ।

यो पनि

गृह मन्त्रालयमा राष्ट्रपतिको फोटो हटाएर कांग्रेस नेताको फोटो राखियो

प्रतिक्रिया