कांग्रेस क्रियाशील सदस्यता विवाद, पुनः समय थप्न माग

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान गर्न गठन भएको समितिले थप समय मागेको छ । समितिले शुक्रबार साँझ कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग बालुवाटारमा छलफल गरी थप दुई दिनको समय माग गरेको छ ।
कांग्रेस क्रियाशिल सदस्य छानबिन समितिले क्रियाशिल विवाद समाधान गर्न नसकेपछि सभापति देउवालाई प्रतिवेदन बुझाउदै केन्द्रीय समिति बैठकबाट टुङ्गो लगाउन आग्रह गरेको थियो । केन्द्रीय कमितिबाट पनि टुङ्गो लगाउन नसकेपछि पुनः समितिलाई नै जिम्मा दिएको थियो ।
समितिले दिएको समयमा विवाद समाधान गर्न नसकेपछि पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखकलाई विवाद समाधान गर्न जिम्मा दिएको थियो । उनीहरुले पनि दिएको समयमा विवाद समाधान गर्न नसकेपछि पुन: दुई दिनको समय माग गरेका हुन् ।
कांग्रेसले महाधिवेशन मंसिर ९ देखि १३ गते सम्म गर्ने निर्णय गरेको छ । क्रियाशील सदस्यता विवाद तत्काल नटुंगिए महाधिवेशन कार्यतालिका पुनः प्रभावित हुने बताइएको छ ।
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया