कांग्रेस क्रियाशील सदस्यता विवाद, पुनः समय थप्न माग

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान गर्न गठन भएको समितिले थप समय मागेको छ । समितिले शुक्रबार साँझ कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग बालुवाटारमा छलफल गरी थप दुई दिनको समय माग गरेको छ ।
कांग्रेस क्रियाशिल सदस्य छानबिन समितिले क्रियाशिल विवाद समाधान गर्न नसकेपछि सभापति देउवालाई प्रतिवेदन बुझाउदै केन्द्रीय समिति बैठकबाट टुङ्गो लगाउन आग्रह गरेको थियो । केन्द्रीय कमितिबाट पनि टुङ्गो लगाउन नसकेपछि पुनः समितिलाई नै जिम्मा दिएको थियो ।
समितिले दिएको समयमा विवाद समाधान गर्न नसकेपछि पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखकलाई विवाद समाधान गर्न जिम्मा दिएको थियो । उनीहरुले पनि दिएको समयमा विवाद समाधान गर्न नसकेपछि पुन: दुई दिनको समय माग गरेका हुन् ।
कांग्रेसले महाधिवेशन मंसिर ९ देखि १३ गते सम्म गर्ने निर्णय गरेको छ । क्रियाशील सदस्यता विवाद तत्काल नटुंगिए महाधिवेशन कार्यतालिका पुनः प्रभावित हुने बताइएको छ ।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया