‘उस्मान अली बचाऊ’अभियानमा २३ लाख सङ्कलन

तनहुँ । शुक्लागण्डकी नगरपालिका–५ निवासी नौ महिने बालक उस्मान अलीको उपचारका लागि रकम जुट्ने क्रम जारी रहेको छ ।
विश्वकै दुर्लभ रोगमध्येको एसएमए (इस्पाइनल मस्कुलर एट्रोफी) रोगबाट ग्रसित बालकको उपचारका लागि सहयोग रकम जुट्न थालेको हो ।
बालकको उपचारको लागि हालसम्म करिब २३ लाख रुपैयाँ सङ्कलन भइसकेको बालकका मामा अप्पु मियाँले जानकारी दिए ।
भान्जाको उपचारका लागि सबै क्षेत्रबाट सक्रिय भएर आर्थिक सङ्कलन कार्य भइरहेकाले नयाँ जीवन पाउने आशा पलाएको उनले बताए । उक्त रोगको उपचार नेपालमा नहुने र उपचारका लागि विदेश लैजानुपर्ने हुँदा खर्चिलो हुने बताइएको छ ।
यस रोगको उपचारका लागि जोल्जेन्स्मा नामक औषधि दिइने र यो औषधि विश्वकै महँगो पर्ने बताइएको छ । विश्व बजारमा यसको मूल्य अमेरिकी २।१ मिलियन डलर अर्थात् झण्डै २६ करोड रुपैयाँ पर्ने हुँदा यसको उपचार सामान्य नेपालीको पहुँचभन्दा बाहिर छ ।
जिल्लाका युवायुवती तथा देश विदेशमा रहनुभएका नेपालीको सक्रियतामा उक्त रकम सङ्कलन भएको हो । जिल्लाको दुलेगौडा, खैरेनीटार, दमौली डुम्रेलगायतका स्थानमा घरदैलो गरी रकम सङ्कलन गर्ने कार्य भइरहेको छ ।









आजका लागि विदेशी मुद्राको विनिमयदर यस्ताे
दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म भएका उतार-चढाप
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
Lumbini Lions clinch NPL second edition title
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
प्रतिक्रिया